• चीन र भारतबीच केही महिनायता मडारिएको युद्धको अवस्थालाई अन्त्य गर्दै डोक्लाम विवाद समाधान गर्ने सहमति गरेका छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार दुई देशबीच डोक्लाम क्षेत्रमा तैनाथ गरिएका दुबै देशका सेना फिर्ता लिने सहमति भएको छ । भारतीय विदेश मन्त्रालयले डोक्लाम क्षेत्रमा तैनाथ गरिएका सेना फिर्ता बोलाउने प्रक्रिया समेत सुरु भइसकेको जनाएको छ ।

    यस्तै चिनियाँ सञ्चारमाध्यमले पनि दुई देशबीचको विवाद अन्त गर्ने सहमति भएको जनाएका छन् । दुबै देशले शान्तिपूर्ण रुपमा संवादबाट समस्याको समाधान गर्ने जनाएका छन् ।

    डोक्लाम क्षेत्रमा चीनले सडक निर्माणका साथै भौतिक संरचना निर्माणलाई तीब्रता दिएपछि भारतले हस्तक्षेप गर्दै सेना परिचालन गरेको थियो ।

    केही साता अघि दुई देशका सेनाबीच ढुंगा हानाहान समेत भएको थियो । भारत र चीनले डोक्लम विवादलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै एकले अर्को देशलाई चेतावनीपूर्ण बक्तव्यबाजी समेत गर्दै आएका थिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …