• जनकपुरधाम । आफूलाई गाडीको व्यवस्था नगरिएको भन्दै धनुषा चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले निर्णय पुस्तिका (माइन्युट) च्यातेकी छिन् ।

    मेयर रामबाबु यादव र प्रशासकीय अधिकृत डिकबहादुर कार्मीले मात्रै गाडी चढेर आफूलाई बेवास्ता गरेको, कार्यकक्ष राम्रो नभएको, ‘एट्याच्ड’ बाथरुम नभएको र निर्णय प्रक्रियामा सामेल नगराएको उनको आरोप छ ।

    मेयर यादवका अनुसार उपमेयर मीनाले गाडी र तलबको माग गरी माइन्युट च्यातेकी हुन् । तर, मीनाले भने त्यति कारणले मात्रै माइन्युट नच्यातेको बताइन् । ‘मलाई नगरपालिकाका दैनिक कार्य, विकास निर्माणलगायतका कामबारे जानकारी नै दिइँदैन, दुवैजनाले एकलौटी गर्छन्,’ उनले भनिन् । मीना माओवादी केन्द्रबाट र मेयर यादव संघीय समाजवादी फोरमबाट निर्वाचित हुन् ।

    नगरपालिकाको गाडी मेयरको छोरा र परिवारका सदस्यले चढ्ने गरेको उपमेयर मीनाले बताइन् । ‘नगरपालिकाको गाडी मेयरका आफन्तहरूले चढ्ने, उपमेयर अनुगमन वा कार्यालयकै काममा जाँदा पनि चढ्न नपाउने ?’ उपमेयर मीनाले भनिन्, ‘गाडी मुख्य विषय होइन, मैले गाडीका लागि माइन्युट च्यातेको पनि होइन । म पनि जनप्रतिनिधि हुँ, मसँग कुनै विषयमा परामर्श गरिन्न । मेयर र अधिकृतले जनप्रतिनिधिको अपमान गर्छन्, त्यसैले च्यात्न बाध्य भएकी हुँ ।’

    मेयर यादव र प्रशासकीय अधिकृत कार्मी बस्ने कार्यकक्षमा ‘एट्याच्ड’ बाथरुम भएको तर आफू भने बाहिर जानुपर्ने बाध्यता रहेको उनले बताइन् । आफ्नो कार्यकक्षमा पाँचजनाभन्दा बढी नअटाउने उनको भनाइ छ ।

    हरेक महिनाको ५ गते बोर्डको बैठक गर्ने निर्णय भए पनि अहिलेसम्म बोर्डका सदस्यलाई जानकारी नै नदिई एकलौटी रूपमा निर्णय गरिएको उपमेयर मीनाको आरोप छ ।

    मेयर यादवले भने योजनाको विषयमा कुनै असन्तुष्टि नरहेको दाबी गरे । माइन्युट च्यातेको विषयमा बुधबार छलफल गरिने उनको भनाइ छ । (नयाँ पत्रिका दैनिक)

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…