• क्रेजी इन्टरटेमेन्टको व्यानरमा निर्माण भइरहेको छोटो नेपाली कथानक चलचित्र ‘हाम्रो जी.एफ.’को छायांकन भर्खरै पूरा भएको छ । हाल टिनएजमा देखिएको सोसल मिडियाको क्रेज र आधुनिकतामा रमाउने युवा युवतीहरुको मायालाई यस सर्ट मुभिमा उतार्न खोजिएको छ ।

    क्रेजी इन्टरटेमेन्टले मोफसलमा दर्जन बढी म्यूजिक भिडियोहरु निर्माण पछि पहिलो पटक यो छोटो चलचित्र निर्माण गर्दै गरेको हो । यस चलचित्रको कथा सन्तोष राई (छत्र), क्यामेरा भूपेन्द्र तुम्वाहाम्फे र निर्देशन सञ्चारकर्मी सन्तोष राईले गरेका हुन् । यस चलचित्रमा सन्तोष राई (छत्र), निशा इम्बुङ, हिमाल राई, करण धिताल, पेम्बा सेर्पा, नरेन राई र दिपेन घलेले अभिनय गरेका छन् ।

    झापा र मोरङको विभिन्न स्थानमा छायांकन गरिएको यस छोटो चलचित्र नव वर्ष अघि नै युट्युव मार्फत् सार्वजानिक गरिने निर्देशक सन्तोष राईले बताए ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…