युबराज रेग्मी
जेष्ठ २ ,झापा /
झापा जिल्लाका अधिकाम्स सस्थागत निजि बिध्यालय हरुले शिक्षक हरुलाइ गत बर्सको तलब हाल सम्म नदिएको गुनासो बाहिर आएको छ । यसै सन्दर्भमा संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले शैक्षिक वर्ष २०७६ को पारिश्रमिक भुक्तानी नपाएको भन्दै भद्रपुर नगर प्रशासनलाई ज्ञापनपत्र समेत बुझाएको छ ।
बन्दाबन्दीको बाहना बनाएर नगर क्षेत्रमा रहेका अधिकाम्स संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको काम गरिसकेको समयको तलब नदिएपछि भोकमरीमा पर्ने अवस्था आएको भन्दै पारिश्रमिक भुक्तानी दिलाइ दिन माग गर्दै ज्ञापनपत्र बुझाएका छ्न ।
युनियन नगर समितिका अध्यक्ष द्रोण अधिकारीको नेतृत्वमा गएको टोलीले शैक्षिक वर्ष २०७६ सालको चैत्र महिनासम्मको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले अन्याय गरेको ठहर सहित वर्षभरी काम गरेका शिक्षक कर्मचारीलाई संरक्षण गर्नु पर्ने दायित्व भएका विद्यालय सञ्चालकहरूले काम गरेको समयको पारिश्रमिक रोकेर समस्या आएको जानकारी गराउँदै नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्रमा भनिएको छ -“वर्षभरी विद्यालयको उन्नति प्रगतिका लागि परिश्रम गर्ने शिक्षक कर्मचारीलाई बन्दाबन्दीको बाहना देखाएर दिनु पर्ने पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले सडकमा माग्ने अवस्थामा पुर्याएको प्रति हामी खेद प्रकट गर्दछौं । विद्यालयको वार्षिक परीक्षा सञ्चालन गर्दा चैत्र पहिलो हप्ता भित्रै अधिकाम्स अभिभावकहरूले वार्षिक शुल्क समेत बुझाइसकेका तथा शिक्षक कर्मचारीले वार्षिक कार्यतालिका अनुसार परीक्षा लिने, कपी परीक्षण गर्ने र परीक्षाफल प्रकाशन गर्ने सवै काम सम्पन्न गरिसकेको भए पनि पैसा नउठेको बाहना बनाएर तलव दिन आनकान गर्ने कार्य नैतिक रूपमा पनि पतनोन्मुख घटना हो ।”
त्यस्तै ज्ञापनपत्रमा लेखिएको छ —भोकमरीमा परिसकेका शिक्षक कर्मचारीहरुले पाउनु पर्ने पारिश्रमिक अविलम्ब भुक्तानी पाउनु पर्ने हाम्रो माग हो । संस्थागत विद्यालयको शैक्षिक उन्नयनमा अहोरात्र खट्ने शिक्षक कर्मचारीको दैनिक गुजाराको आधार विद्यालय भएको वास्तविकता बुझेर सञ्चालकहरूले नाफा घाटाको नजरबाट टाढा बस्न आग्रह गर्दछौं । सहज परिस्थितिमा धेरै नाफा पनि भयो होला अहिले असामान्य अवस्थामा कम नाफा हुन सक्छ तर, यस्तो विकराल अवस्थामा आफूसित काम गर्ने शिक्षक कर्मचारीको सुरक्षा गर्ने दायित्व विद्यालय सञ्चालकमा छैन त ? तर, प्याब्सन भद्रपुरको नाममा शिक्षक कर्मचारी दमन गर्न साम, दाम, दण्डभेद प्रयोग गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीबाट काम लिएर नाम कमाउने सञ्चालकहरू हाम्रै रगत पसिनामाथि लात हान्ने कर्ममा लाग्नु बिडम्वना हो ।
अध्यक्ष दोर्ण अधिकारी, उपाध्यक्ष विदुर ढुंगाना र सचिव खिलनाथ पाण्डे द्वारा हस्ताक्षरित गरिएको ज्ञापनपत्रमा उल्लेख छ —नेपाल सरकार तथा संस्थागत विद्यालय सञ्चालकहरूको साझा संगठन प्याब्सन, एन प्याब्सन र अभिभावक संघको केन्द्रीय समिलेले समेत शिक्षक कर्मचारीले पाउनु पर्ने पारिश्रमिक नरोक्न दिएको निर्देशन बिरूद्ध भद्रपुरका अधिकाम्स संस्थागत विद्यालय उभिएको घटनाले राज्यको नीति नियम र संगठनको मार्गदर्शनमाथि पनि प्रहार गर्न खोजिएको ठहर उल्लेख गरिएको छ ।
भद्रपुर नगर क्षेत्रमा ३३ वटा संस्थागत विद्यालय रहेकोमा ३ वटा विद्यालयले मात्र समयमै चैत्र महिनासम्मको पूरै पारिश्रमिक भुक्तानी गरेका छन् भने ३ वटाले आधा पारिश्रमिक दिएर झारो टार्ने काम गरेको पाइएको छ । बैशाख महिना पूरा भइसकेको अवस्थामा फागुन चैत्र महिनाकै पारिश्रमिक दिन आनकान गर्ने विद्यालयहरूलाई अविलम्ब तलव भत्ता भुक्तानी गरेर शिक्षक कर्मचारीको निभ्न लागेको चुल्हो बल्ने वातावरण निर्माण गरिदिन विद्यालय सञ्चालकहरूसित अनुरोध गरिएको थियो ।
त्यस अनुरोधलाई विद्यालय सञ्चालकहरूले सुन्नुको सट्टा आफू मातहतका शिक्षक कर्मचारी धम्क्याउने बाटो बनाएको अवस्था छ । नीति नियम र कानुले समेत आफू मातहतका श्रमिकको पारिश्रमिक भुक्तानीको मार्गदर्शन दिइरहेको तथ्य भुलेर सञ्चालकहरू गुट उपगुट जोडेर शक्ति केन्द्र निर्माण गर्न लाग्नु झडपतिर उत्रन खोजेको आभाष भइरहेको छ । हामी चाहन्छौं हाम्रो रगत पसिनाको कुनै किसिमले अपमान नहोस् । संस्थागत विद्यालयको शिक्षणमा कुनै नकारात्मक दुष्प्रभाव नपरोस् भन्ने माग गरिएको छ ।
यता ज्ञापनपत्र बुझिसकेपछि सम्बोधन गर्दै नगर प्रमुख जीवनकुमार श्रेष्ठले विभिन्न बाहनावाजी गरेर शिक्षक कर्मचारीको पारिश्रमिक रोक्ने कार्य कानुन विपरित भएकाले अविलम्ब भुक्तानी दिन संस्थागत विद्यालयलाई निर्देशन दिने प्रतिबद्धता जनाएका छन् । प्रमुख श्रेष्ठले शैक्षिक वर्ष २०७६ को सालसम्मको शिक्षक कर्मचारीको तलव भुक्तानी नगरेसम्म नगर सरकारबाट पाउने सबै सेवा सुबिधा बन्द गर्ने समेत जानकारी दिएका छन् ।यश गम्भीर समस्याको समाधान नगरे इस्टुले झापा जिल्लाका निजि बिध्यालय बन्द सहितको आन्दोलनको अभियान चाल्ने इस्टु झापाका अध्यक्ष होमराज खतिवडाले जानकारी दिएका छ्न ।
उनी भन्छ्न जब पेट को सवाल खडा हुन्छ तब बिद्रोह हुन्छ ,यो यथार्थ हो र हुन्छ। यश बिसयमा भद्रपुर सानो उदाहरण भएको र जिल्लाभर यस्तो समस्या बिकराल रुपमा रहेको खतिवडा बताउछ्न । उनी भन्छ्न यश बिसयको बिरोधमा इस्टु नै साङगठनिक रुपमा बिरोधमा उत्रिनु पर्दा के हुन्छ निजि बिधालयको हालत ? सबैले सोच्न जरुरी छ । हाम्रो धैर्यताको बाँध नटुटाइयोस सबै जिम्मेवार बनौं ,यो संकटको घडिमा आफ्ना शिक्षक कर्मचारीहरुको मर्म नबुझ्ने हो भने अब खुल्ला रुपमा सबैको बाँच्न पाउने अधिकार सुनिस्चितताका लागि लड्न हामी तयार छौ ।