धनकुटाकी १३ बर्षिया बालिका गर्भवती
बनाउने दुई जना पक्राउ,शिक्षकसहित २ फरार
धनकुटा । दलित बालिकालाई करणी गरेर गर्भवती बनाउने चार आरोपी मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनकुटा जिल्लाको धनकुटा नगरपालिका ६ की एक १३ बर्षिया बालिकालाइ करणी गरेर गर्भवती बनाउने चार आरोपी मध्ये शुक्रबार बिहान धनकुटा नगरपालिका ६ का गौरी अत्री र सिरान बजारका देवेन्द्र श्रेष्ठलाई धनकुटा प्रहरीले पक्राउ गरेको हो ।
डिएसपी ध्रुव कुमार श्रेष्ठका अनुसार स्थानिय गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारी र कचिडेका भक्तबहादुर मगर अझै फरार छन ।
दुई जनाको खोजी तीब्र पारिएको जिल्ला प्रहरी धनकुटाका डिएसपी ध्रुबबहादुर श्रेष्ठले बताए । प्रहरीले अनुसन्धानकालागि भन्दै पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्न चाहेको छैन ।
प्रहरीका अनुसार गरिब दलित समुदायकी ती बालिका ५ महिनाको गर्भवती भएको खुलेपछि सोधपुछका क्रममा सोही ठाउँमा भलादमी र पहुँचबालाहरु धनकुटा नगरपालिका ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने मदन अधिकारी, गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलेकरणी गरेको खुलेको थियो ।
अधिकारकर्मीहरुको सहयोगमा बिहिबार जिल्ला प्रहरी धनकुटामा चारै जना आरोपीहरु बिरुद्ध पिडित बालिकाले किटानी जाहेरी दर्ता गराएकी थिइन । बालिका गर्भवती भएको खुलेपछि करणी गर्नेहरुले जनही ३ तीन लाख रुपैया क्षतिपुर्ति दिएर घटना मिलापत्र गराउन प्रयास गरेका थिए ।
करणी आरोपी अधिकारी पूर्व माओवादीको शिक्षक संगठनको केन्द्रिय सदस्य हुन । श्रेष्ठ सिरानबजारमा खाजा पसल सञ्चालन गर्छन । अत्री स्थानीय व्यवसायी हुन् ।