काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा रक्तचन्दन ओसारपसार गर्ने चार जनालाई पक्राउ गरेको छ । ब्युरोले काठमाडौँ महानगरपालिका–३२ बाट सिन्धुपाल्चोकका जनकबहादुर कार्की, काठमाडौँका कुमार गुरुङ, रुपन्देहीका जनक पन्थी र मोरङका डिल्ली डिल्ली मिभक लिम्बूलाई आइतबार पक्राउ गरेको हो ।
अवैध रुपमा ओसारपसार गरी खरिदबिक्री गर्न लागेका अवस्थामा प्रहरीले २५० किलोग्राम काठका चिरान पट्टा बरामद गरेको हो । अभियुक्तलाई सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ अनुसार कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको ब्युरोले जनाएको छ । डिल्लीराम पूर्वमा लिम्बूवानको वकालत गर्दै हिड्ने नेता मध्ये एक पर्छन् ।