• शनिश्चरे (मोरङ) । आफ्नी सानी छोरीको हविगतले निकै चिन्तित बनेका झापाको दमक ७ का सुवास चौधरी र मीना चौधरी दम्पत्तीमा यसबेला निकै आशा पलाएको छ ।

    टाँउको ठूलो हुने रोगबाट पीडित आफ्नी २ वर्षीय छोरी पवित्राको आर्थिक अभावका कारण उपचार हुन नसकेको अवस्थामा यसबेला आएर आर्थिक सहयोग जुट्न थालेपछि ज्याला मजदुरी गर्ने विपन्न परिवारका उनीहरुमा छोरी तन्दुरुस्त वन्ने कुरामा आशा पलाएको हो ।

    राम्रोसग बोल्न तथा कुरा बुझ्न थालेपनि फोका जस्तो भएर टाउको अस्वभाविक बढ्न थालेपछि उनले टाउको उठाउनै नसक्ने हुन थालिन् । ‘सानोमा केही ठूलो टाउको थियो । तर दिनदिनै वढ्दै गएर उसले आँखा नै छोप्न थालेर हेर्न समेत समस्या भयो ।’ आमा मीनाले भनिन् ‘दवाई गर्ने पैसा नभएर घरमा त्यसै राखेको बेला नगरपालिकाले चासो राखेर पैसा सहयोग आउन थालेको छ । अव चाँही दवाईमुलो गर्न सकिएला भन्ने लागेको छ ।’ एकबर्ष अघि एउटा सानो फोको आएको अहिले बढेर डरलाग्दो अवस्थामा आएको पनि उनले सुनाइन् ।

    वालिकाको त्यस्तो हविगत थाहा पाएपछि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत युवराज दाहाल सहितको टोलीले बालिकाको तत्काल उपचारका लागि ४ दिनअघि उद्धार गरेर विराटनगरको नोवेल अस्पताल पुर्याएका थिए । त्यसपछि उनको उपचारमा आर्थिक सहयोग समेत जुटन् थालेको छ ।

    उनको उपचारमा लायन्स क्लव अफ माउण्ट एभरेष्टको सक्रियतामा दमक नगरपालिकाले बनाएको उपचार कोषमा ६२ हजार सहयोग जम्मा भएको छ । नोवेल अस्पतालमा उपचार सुरु गरिएकी बालिकाको सहयोगार्थ लायन्सर्कीहरुले ब्यक्तिगत रुपमा सहयोग जुटाएर कोषमा सहयोग गरिएको क्लवका अध्यक्ष रुद्र गौतमले बताए । क्लवका तृतिय उपाध्यक्ष मनोज अग्रववाल, लायन्सकर्मी गोकुल श्रेष्ठ, विमल खतिवडा, कृष्णभक्त सुवेदी, अशोक चौधरी, राम थपलिया, तीर्थनारायण श्रेष्ठ, केन्द्र प्रसाई सहितले गरेर ५१ हजार रुपैयाँ कोषमा जम्मा गरिएको गौतमले जानकारी दिए । तृतिय उपाध्यक्ष अग्रवालका अनुसार लायन्स क्लव मार्फत नै कल्पना सुवेदीले ५ हजार १ सय र जय श्रेष्ठ तथा शान्ति पाख्रिनले ५ हजार रुपैयाँ उपलब्ध गराएको रकम पनि कोषमा जम्मा भएको छ ।

    बालिकाको उपचारमा सहयोग गर्न इच्छुकहरुका लागि नगरपालिकाले नै प्रभु बैकमा सहयोग कोषका लागि खाता समेत खोलेको छ । दमक नगरपालिका (राहत कोष) खाता नंं ०१४००१००९८४६१२०००००१ मा सहयोग गर्न नगरपालिकाकाले आव्हान गरेको छ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज दाहाल, क्लवका अध्यक्ष रुद्र गौतम, उपाध्यक्ष मनोज अग्रवाल, सदस्य बुद्धिशेखर भट्टराइ सहितको टोली नोवेल अस्पताल पुगेर बालिकाको उपचारको बिषयमा चासो राख्दै बिशेषज्ञहरुसंग छलफल समेत गरेको छ ।भुपेन्द्र तिम्सिनाले ब्लाष्टमा समाचार लेखेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…