• धनकुटा जिल्ला अस्पतालकी एक नर्ससहित तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा तीनजनामा कोरोना भाइरसको पुष्टि भएको छ ।१ नम्बर प्रदेशमा संख्या ३९ पुग्यो

     

     

    विराटनगरका ३६ र २९ बर्षीय पुरुष र धनकुटाकी ३६ बर्षीया महिलामा कोरोना भाइरसको पुष्टि भएको हो । उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ।

     

     

    मन्त्रालयको अनुसार नेपालमा हालसम्ममा २८ हजार १ सय ६० जनाको पीसीआर परीक्षण गरिएको मध्ये २७ सय ९२ संक्रमित भएको पुष्टि भएको हो भने पीसीआर परीक्षण मध्ये २७ हजार ८ सय ६८ जना सक्रमण देखिएन । आज ११ जना नयाँ संक्रमित थपिएको छ । आरडीटीबाट ६७ हजार ७ सय ६९ जनाको परीक्षण गरिएको छ ।

     

    आजसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा रहेको, ३ सय ४६ जना आइसोलेसन रहेको र ३६ जना निको भएको उल्लेख छ । विश्वभरमा ४४ लाख ९४ हजार ८ सय ७३ जनामा संक्रमित देखिएको छ । ३ लाख ५ हजार ९ सय ७६ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …