• विपेन उलङगे/क्वालालम्पुर 
    मलेसिया । करिब पांच बर्ष पहिले धन कमाउने र परिवारकाे सुख पूरा गर्ने भन्दै फुकुवा -९ पर्बतका ३८बर्षिया हरिप्रसाद शर्मा मलेसिया अाएका थिए । अर्मीकाे रिटायर्ड जीवनलाई सदुपयाेग गर्ने उद्देश्यले बि.स: २०६९ पाैष १३ गते काठमाडौं स्थीत " दि रिभर अाेभर्सिज "म्यानपावर बाट हरिप्रसाद मलेसिया पुगेका हुन् ।

    हरिप्रसादले मलेसियाकाे सेलाङगर काजाङ स्थित "प्रतमा सेक्युरिटी सर्भिसेज एम एसडिएन बिएचडि मा सेक्युरिटी गार्डकाे रुपमा काम गरि रहेका थिए । मलेसिया गएको करिब ७ महिनासम्म निरन्तर घर परिवारकाे सम्पर्कमा थिए उनी । नेपाल अार्मीकाे रिटायर्ड हरिप्रसाद एक छोरी र एक छाेराेकाे पठनपाठनमा सहज हाेस भनेर मलेसियामा दुःख गरि रहेका थिए । उता अार्मीकाे पेन्सन र मलेसियामा अाफुले कमाउने कमाईले उनकाे परिवारमा खर्चकाे सहजता भएकाे थियाे । तर याे खुसि धेरै दिन टिक्न भने सकेन ।

    मलेसिया अाएकाे ७ महिनापछि हरिप्रसाद एकाएक गायब भए । साथि भाइ अाफन्त काेहि कसैसंग पनि उनले सम्पर्क गरेनन् । लामाे समयसम्म घर परिवारकाे सम्पर्कमा नअाएपछि परिवारले खाेजि गर्यो । हरिप्रसादकाे पत्ता नलागेपछि उनकी श्रीमती लक्ष्मी शर्मा काठमाडौं अाएर उनलाई पठाएको म्यानपावर " दि रिभर मा खाेजि दिन अाग्रह गरिन् । तर उनकाे अाग्रहलाई बेवास्ता गर्दै हरिप्रसादले कम्पनी छाेडि सकेकाले केहि गर्न नसक्ने भन्ने गैर जिम्मेवार जवाफ दिएको हरिप्रसादका छाेरा प्रदिप शर्माले भावुक मुद्रामा बताए । उनी भन्छन " म्यानपावर मात्र हैन सरकारका सम्बन्धित सम्पूर्ण निकाय परराष्ट्र , बैदेशिक राेजगार बिभाग सबैमा निबेदन दिएकाे तर सुनाई कतैबाट पनि भएकाे छैन ।"

    हरिप्रसाद बेपत्ता भएपछि उनलेे पैसा पठाउने बाटाे त बन्द भयाे नै हुदाखांदाकाे पेन्सन पनि अाउन छाेड्याे । उनकाे घरकाे अार्थिक अबस्था कम्जाेर भएपछि छोरी र छाेरा प्रदिपकाे पनि पढाईमा समस्या भयाे । अन्ततः १९ बर्षका छाेरा प्रदिप घर खर्चि धान्न र बुवाकाे खाेजि गर्न भनेर मलेसिया अाए । छाेरा प्रदिप मलेसिया अाएकाे पनि दुई बर्ष भयाे तर बुवाकाे अत्ताेपत्ताे नभएपछि उनी चिन्तामा छन । दैनिक कामकाे चाप र वुवाकाे चिन्ताले प्रदिप अाफ्नै पनि स्वास्थमा असर परेकाे छ । ?

    बेपत्ता भएकाे पांच बर्ष हुदा पनि बुवा जीवित छन या मृत भन्ने बारे कसैलाई पनि जानकारी छैन । तसर्थ छाेरा प्रदिपले एकपटक अाफ्नाे वुवाकाे खाेजि गरिदिन मलेसियामा बस्ने सबै नेपालीलाई अाग्रह गरेका छन ।

     

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…