दिपक बस्ने दोलखा -
सञ्चार रजिष्टार कार्यालय बागमती प्रदेश सञ्चार माध्यम र पत्रकारको व्यवसायिक तथा स्वास्थ्य सुरक्षा प्रति संवेदनशिल रहेको संचार रजिष्टारको कार्यलयका संचार रजिष्टार रेवति सापकोटाको भनाइ छ ।
संचार रजिष्टारको कार्यलय बागमति प्रदेशले संचारकर्मीको लागि आवश्यक सुरक्षाको समान स्यानिटाइजर, पन्जा, लगाएत प्रेस जाकेट वितरण गरेको छ । उहाँ ले भन्नु भयो उपलब्ध गराइरहेको प्रेस ज्याकेटले सम्पूर्ण रुपमा सुरक्षा गर्दैन तर सुरक्षित रुपमा काम गर्न सहजीकरणका लागि सघाउँछ ।
हामीले उपलब्ध गराएको माक्स, स्यानिटाइजर र पञ्जा पनि सहयोगी मात्रै हो । प्रेस ज्याकेट केहि जिल्लामा पुगेका छन् केहि जिल्लामा पुग्दैछन् । सचेत, सजग र संम्वेदनशिल भएर अग्रभागमा खटिनु पर्ने पत्रकारका लागि हामीले ती सामग्री पर्याप्त रुपमा वितरण गर्न सकेका छैनौ । तर हुँदै नहुनु भन्दा केहि भएपनि सहयोग गर्नु हामीले आफनो कर्तव्य सम्झेका हौ ।
पत्रकार र सञ्चारमाध्यमलाई समाचार संकलनमा सहजीकरणका लागि सीमित स्रोत र साधनबाट हामीले जति सकेका छौ,त्यो प्रयास गरेका छौ । तपाईहरुको सहयोग, सदभाव, रचनात्मक आलोचना, सल्लाह र सुझावको अपेक्षा गर्दछु ।
विश्व महामारिको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि फैलिदै गइरहेको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने संचारकर्मीहरु काे स्वास्थमा मध्यनजर गर्दै याे काम गरिएकाे जानकारी रजिष्टार सापकाेटाले दिनुभयाे ।