काठमाडौं- नेपालले नँया नक्सा सार्वजनिक गरेपछि मनिषाले ट्वीटबाट भारतलाई दिएको कडा जवाफलाई चर्चित संचारकर्मी रवी लामिछानले सर्मथन गरेका छन् । उनले कोइरालाको एक ट्वीटका कारण भारतिय मिडियाको पसिना छुटेको बताएका छन् । भारतिय मिडियालाई आफ्नै सरकारले संयुक्त राष्ट्रमा वुझाएको नक्साको अध्ययन गर्न सुझाव दिएका छन । मनिषा कोईराला जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी भएकोले उनी बोल्छिन भन्दै कडा स्टाटस लेखेका छन् ।
उनले लेखेका छन् “मनिषा कोईरालाको एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया !आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ । कहिल्यै अर्काको उपनिवेश नभएको, स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् – मनिषा कोइराला , अनि बोल्दिन त ? नेपालले नँया नक्सास्वीकृत गरेपछि मनिषाले सरकारले आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गर्दै नेपाल- भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट लेखेकी थिईन । ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’
मनिषाले ट्वीट गरेपछि भारतिय मिडियाले उनको खेदो खनेका थिए । मनिषाको भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत उनीमाथि जाइलागेका हुन् । उनलाई भारतको खाएर चिनको गीत गाएको आरोप समेत लगाउदै भारत छाड्न समेत भनेका छन् ।