मोरङ । मोरङको उर्लाबारीमा लकडाउन थप कडा पारिएको छ ।
उर्लाबारी नगरपालिका, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी र सशस्त्र प्रहरी बेस क्याम्पसहितको टोली लकडाउन कार्यान्वयमा जुटेका हुन् । छिमेकी नगरपालिका दमक र रतुवामाईमा कोरोना भाइरसका संक्रमित फेला परेपछि लकडाउन कडा पारिएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो ।
अनावश्यक रुपमा हिँडडुल गर्ने, सवारी सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर कार्वाही थालिएको छ । मनिङवाक र इभिनिङवाक पूर्ण रुपमा बन्द गरिएको जनाइएको छ । साथै उर्लाबारीबाहिरको सागसब्जीसमेत पूर्ण रुपमा बन्देज लगाइएको छ । अतिआवश्यक वाहेक अन्यस पसलहरु सञ्चालन गर्न रोक लगाइएको छ ।
https://www.youtube.com/watch?v=-n1XlbN2I_I