•  चितवन ,१७ माघ  । चोरी, डकैती नियन्त्रण गर्ने प्रहरीले नै चोरीको गाडी चढ्ने गरेका छन् भन्दा पत्यार नलाग्न सक्छ । तर, बास्तबिकता नै यहीँ छ । प्रहरीलाई समाजमा शान्ति सुरक्षा प्रदान गर्ने शान्ति सुरक्षा प्रदान गर्ने शक्ति मान्छौं ।

    हुन पनि प्रहरी प्रशासन भनेको राज्यको सुरक्षा निकाय हो । जुन निकाय र त्यसको मातहतका इकाईहरु निती, नियम, ऐन कानुनमा बाँधिएका हुन्छन् । उनीहरुले गर्ने हरेक कार्य विधी सम्मत र पारदर्शी हुने गर्दछ । हामीले गरेको खोज र अनुसन्धान ले त्यहीं पुष्टि गरेको छ ।

    कहिले काँही झुक्किएर तपाईसँग विलबुक लाइसेन्स नहुँदा तपाईलाई चिट थमाई हाल्ने ट्राफिकले समेत चोरीका मोटरसाइकल प्रयोग गर्ने गरेका छन् भन्दा तपाई अचम्म मान्नुहुनेछ । तर , अब अचम्म नमान्नुहोस् यहीँ यथार्थ हो ।

    जिल्ला प्रहरी कार्यालय चितवन र त्यस्को माततहका प्रहरीले नै पुर्वाधार बिना नै चोरीको सवारीसाधन प्रयोग गरे गिज्याइरहेका छन् । जिल्ला प्रहरी कार्यालयमा रहेको एम्बुलेन्स समेत अबैध हो । त्यस्तै , इलाका प्रहरी कार्यालय माडीले चढ्दै आएको ना.११.प.६२७५ जिप चोरीको हो ।

    त्यस्तै , जिल्लामा परिचालित अधिकांश धुमुवा प्रहरीहरुले चढ्ने मोटरसाईकल पनि चोरीकै हुन् । चितवन प्रहरी र मातहतका चौकीहरु ईलाका प्रहरी कार्यालय  भण्डारा , पर्सा, टाँडी, मुग्लिङ्ग , चनौली, गितानगर प्रहरी चौकीहरु, जुगेडी, रामनगर, शरणपुर, मंगलपुर, जुटपानी लगायत दर्जनौ चौकीहरुमा सयौँ चोरीका मोटरसाइकलहरु रहेका छन् ।

    आखिर प्रहरीले किन चोरीको सवारी साधन चढ्नुपर्‍यो त ? एकातिर जिल्लामा पछिल्ला वर्षहरुमा सवारी चोरीका घटनामा बृद्धि हुनु त्यसलाई रोक्न र चोरीका मोटरसाइकललाई फिर्ता गराउन प्रहरी असफल बन्दै जानु अर्को तिर प्रहरीहरुले नै चोरीको सवारीसाधन मनलाग्दी रूपमा प्रयोग गर्ने प्रवृतीले कतै चोरहरुलाई नै प्रश्रय मिलिरहेको त छैन भन्ने गम्भीर प्रश्न समेत उब्जिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…