• प्रदेस १ मा कीट अभाब हुदा कोरोना परिक्षण प्रभाब , स्वाब संकलन कार्यनै रोकियो, हाल सम्म गौरादह नगर सुरक्षित

    युबराज रेग्मी 

    २०७७ जेठ ९ शुक्रबार

     झापा / पछिल्लो तथ्यांकअनुसार नेपालमा ४सय८७जना कोरोना भाइरस कोभिड १९का संक्रमीत फेला परि सकेका छ्न । यता नेपालको पुर्बी जिल्ला झापामा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

     

    छिमेकी देस भारत बाट लुकिछिपी नेपाल प्रबेस गर्नेक्रम अझै रोकिएको छैन । नेपाल सग सिमाना जोडिएको भातरको उत्तर प्रदेस र बिहार राज्यलाई भारतले गृन जोनमा राख्नुका साथै उक्त इलाकामा आफ्नो रेल सेवा सुचारु गरे पश्चात् भारतमा मजदुरी गर्न गएका हजारौ नेपाली नागरिकहरु कोरोना सन्त्रास बाट सुरक्षित रहन आफ्नो मातृभुमी नेपाल आउने क्रम दिनानुदिन बढ्दै गएको छ । हाल सम्म झापा जिल्लामा ३५ जना कोभिड १९ का संक्रमीत फेला परि सकेका छ्न ।

     

    पछिल्लो समय झापा जिल्लामा कोरोनाका बिरामी बढिरहँदा कोरोना परीक्षणको किट अभाव भएको छ । किट नहुँदा संक्रमणको उच्च जोखिम रहेका क्षेत्रमा परीक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

     

    स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार अपराह्नसम्म झापामा कोभिड संक्रमितको संख्या ३५ पुगेको छ । सीमावर्ती कचनकवल गाउँपालिकामा मात्र ३३ जना संक्रमित छन् । दमक नगरपालिका र बाह्रदशी गाउँपालिकामा संक्रमण पुष्टि भएका दुई जना विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारपछि घर फर्किसकेका छन् । गौरादह नगरपालिकाले वडा नं.७ को ग्वालडुब्बामा २० वटा बेडको क्वारेन्टाइन स्थापना गरेको जानकारी गराएका थिए। नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका ९७ जनासहित जम्मा ११ सय जनाको स्वास्थ्य जाँच गरिएको र सबैको अवस्था सामान्य रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिएका छ्न ।

     

    अहिले गौरादह नगरपालिकाको क्वारेन्टाइनमा वडा नं. ५ का ३१ वर्षीय १ जना पुरुष मात्र रहेको श्रेष्ठले जानकारी दिएका छन् । यश तथ्यांक अनुसार हाल सम्मको स्थितिमा गौरादह नगरपालिका कोरोना संक्रमण बाट सुरक्षित रहेको देखिन्छ ।

     

    सरकारले कोरोना भाइरस नियन्त्रण गर्न चैत ११ गतेदेखि लकडाउन गरेपछि नगरपालिकाले ५ स्थानमा फिभर क्लिनिक स्थापना गरी स्वास्थ्य सेवा दिइरहेको जानकारी गराउदै वृद्ध वृद्धा, गर्भवती महिला, बालबालिका, कार्यालयमा कार्यरत कर्मचारी, गाडीमा यात्रा गर्ने यात्री, सिनेमा हल, विद्यालय, सैलुन ब्युटीपार्लर,स्वास्थ्यकर्मी, संचारकर्मी लगायतका अन्य व्यक्ति तुलनात्मक रुपमा बढी जोखिम रहेको सह संयोजक श्रेष्ठले बताए। गौरादह न पा वडा न ७ मा रहेको स्वास्थ्य चौकीमा २० सैयाको क्वारेन्टाइन रहेता पनि पछिल्लो समय बिदेस बाट आउने नेपालिको सम्भाबित संख्यालाइ मध्यनजर गर्दै आवस्यक परेको खन्डमा गौरादह ७ मा रहेको प्रगती मा. बि. मा क्वारेन्टाइनको ब्यबस्था गरिने नगरपालिकाले जानकरी गराएको छ ।

     

     

    कोरोना संक्रमण बाट सुरक्षित रहन गौरादह नगरपालिकाले निरन्तर रुपमा सुरक्षाकर्मी स्वास्थ्यकर्मी सन्चारकर्मी लगायत नागरिक सरोकारवाला हरु सग औपचारिक तथा अनौपचारिक रुपमा सुझाब सल्लाह र आवस्यक परामर्श लिदै आएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …