काठमाडौं, ९ जेठ । सरकारले हिजो जारी गरेको नेपालको नक्शा नयाँ नभई पुरानै भएको पाइएको छ । पुरानो एक रुपैयाँको डबलमा नेपालको नक्शामा कालापानी, लिम्पियाधुरा र लिपुलेक पनि समावेश गरेको पाइएको छ ।
नेपाल री वान लेखिएको रुपैयाँ १ को डबलमा उल्लेखित यो नक्शामा पश्चिमोत्तरतर्फ चुच्चो देखिएको छ । जुन अहिलेको नक्शामा समावेश गरिएको छ ।
यो नक्शा भएको डबल पूर्व राजदुत विश्वम्भर प्याकुरेलले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले नक्शा अलि पुरानो भएको तर कति सालको हो जानकारी नभएको लेखेका छन् ।कालापानी पोस्टबाट