•  

     

     

     

     

     

     

     

     

    वि.सं.२०७७ साल जेठ १० गते । शनिबार । ईश्वी सन् २०२० मे २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– प्रतिपदा,४६ घडी ४६ पला,बेलुकी ११ बजेर ४४ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– रोहिणी,५९ घडी ०३ पला,रातको ०४ बजेर ५० मिनेट उप्रान्त मृगशिरा । योग– अतिगण्ड,०४ घडी ४१ पला,बिहान ०७ बजेर ०६ मिनेट उप्रान्त सुकर्मा । करण– किंस्तुध्न,बिहान ११ बजेर ३२ मिनेट उप्रान्त बव,बेलुकी ११ बजेर ५५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३४ घडी ०० पला । दशहरा स्नान सुरु। गोसाइँकुण्डमा स्नान आरम्भ।

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ भने लगानि डुब्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा कमजोर भएको आभास हुनेछ । माया प्रेममा सामान्य मनमुटाव हुनेछ भने घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा भनाभन हुँने योग रहेकोछ

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

    समयमा सचेत नहुदा आकश्मिक कामहरु बिग्रने तथा व्यापार व्यावसायमा घाटा लाग्नेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । आफन्त तथा साथिभाईको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । बिद्या तथा प्रतिष्पर्धामा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ भने घर परिवारमा सबैसँग सम्बन्ध सुमधुर बन्नेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत कृषि क्षेत्रमा लगानी बढाउन सकिनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    राजनिति तथा समाजसेवामा लागेर जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । चुनौतिहरुको सामना गर्दै लगनशिल भएका काम गर्दा सफलता चुम्न सकिनेछ । अध्ययन अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अग्र नतिजा हात पार्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    यात्रा गर्ने पर्याप्त सम्भावना भएपनि बिभिन्न कारणले स्थगित हुनेछ । मनमा धार्मिक प्रवृति जागृत हुनेछ । आफन्त तथा स्टमित्र सँग सन्तुलित व्यावहार गर्नुहोला घरायसि कुरामा राय बाजिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित पर्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको फितलो उपश्थितिले गर्दा अरुभन्दा पछाडि परिनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा विवाद हुने योग रहेकोछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । मन परेको मानिस तथा जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिनेछ । आर्थिक अवस्था अन्यदिन भन्दा खस्कनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    वादबिवाद तथा प्रतिश्पर्धामा तिपाईकै जित हुनेछ । मुद्दा मामिला तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । व्यापार व्यावसायमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    तपाईको सिर्जना तथा लेखरचनाहरु अरुले प्रयोग गरि फाईदा लिन सक्छन् ध्यान दिनुहोला । बौद्धिक कार्यमा सहभागि भएपनि न्यून पारिश्रमिक पाउदा मन खिन्न हुनेछ । प्रणय सम्बन्धमा चिसोपनको शुरुवात हुनेछ भने भौतिक सम्पतिको प्रयोग गर्न नजान्दा प्रविधिमा अरुभन्दा पछि परिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    कामगर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा कमाएको नाममा ठेस पुग्न सक्छ । आफन्त,साथिभाई तथा घर परिवारका मानिससँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा मन्दि आई आर्थिक अवस्था कमजोर हुनेछ भने घर जग्गा,सवारि साधन र कृषि क्षेत्रसँग सम्बन्धित कामबाट केहि मात्रामा लाभ लिन सकिनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    तपाईको दिन शुभ रहोस् ।

    ज्योतिषी तारानाथ भण्डारी ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…