•  

     

     

    पाँचथर । पाँचथरमा वडा अध्यक्षले एक दलित युवालाई सानो जातको भन्दै राजनैतिक दलका प्रतिनिधिलाई बैठकबाट बाहिर निकालेर जातिय विभेद गरेका छन ।

     

    जिल्लाको हिलिहाङ गाउँपालिका ५ का वडाध्यक्ष लक्ष्मी सुहाङले कांग्रेस प्रतिनिधि बीरबहादुर उपरकोटीलाई सानो जातको भन्दै बैठक कक्षबाट बाहिर निकालेर जातिय बिभेद गरेका हुन ।

     

    ७ जेठमा वडा कार्यालयको भवन बनाउने बिषयमा सर्वपक्षिय छलफल आयोजना गरिएको थियो। छलफलमा सहभागी हुन कांग्रेसको वडा कार्य समितका सचिव उपरकोटी पुगेका थिए । तर नेकपाबाट निर्वाचित अध्यक्ष सुहाङले नबोलाएको मान्छेलाई म मिटिङमा बस्नै दिन्न भन्दै जातीय विभेद गर्दै आफुलाई बैठकबाट निकालेको पीडत उभरकोटीले बताएका छन ।

     

    अध्यक्ष सुहाङले चाँही आफुले अध्यक्षलाई बोलाएको तर अर्को प्रतिनिधि त्यसमा पनि दलितलाई पठाएकोले आफुले बैठकमा बस्न नदिएको बताएका छन । कांग्रेस वडा समितिले न्यायको माग गर्दै शुक्रवार वडा कार्यालयमा निवेदन दर्ता गरेको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…