• संखुवासभा । हेलिकप्टरबाट उद्दार गरी थप उपचारको लागि राजधानी पुर्याएकी एक सुत्केरीको मृत्यु भएको छ ।

    उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की सुत्केरी गंगा कार्कीको मृत्यु भएको हो । शुक्रबार राति साढे १० बजे उपचारका क्रममा थापाथली प्रसूति गृहमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मिमबहादुर लामाले जानकारी दिए ।

     

    बच्चा गुमाएकी ३२ वर्षीया कार्कीलाई सेनाको हेलिकप्टरबाट शुक्रबार दिउँसो काठमाडौं पुर्याइएको थियो । खाँदबारी–६ पांठाकी कार्कीलाई जिल्ला अस्पतालमा उपचार गर्न नसकिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनलाई उद्धार गरेर थप उपचारका लागि काठमाण्डौ पुर्याइएको थियो ।

     

    कार्की चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुन भर्ना भएकी थिइन् । तर उनको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको चिकित्सकले पत्ता लगाएपछि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो । नोबेल अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् । नोबेलमा उपचार खर्च तिर्न नसकेको भन्दै सुत्केरीलाई घर फर्काएको थियो । उनका परिवारले २ लाखभन्दा बढी खर्च गरेका थिए ।-file pic

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…