• १८ माघ, काठमाडौं । २०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले शहीद घोषणा गरेका १४ जनालाई देउवा सरकारले पनि दोहो¥याएर शहीद घोषणा गरेको समाचार छ ।

    माओवादी द्वन्द्वको बेला विद्रोही पक्षबाट मारिएका स्याङ्जाका देवानसिंह राना, देवबहादुर खवास, विष्णुबहादुर चन्द, मीनबहादुर बानियाँ क्षेत्री, नेत्रनारायण भण्डारी र रणबहादुर गुरुङ, कास्कीका कृष्णबहादुर गुरुङ, पूर्णबहादुर भुजेल चौधरी, पशुपति रानाभाट र चन्दबहादुर रानाभाट तथा सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटा, दिलबहादुर दनुवार, हिक्मतबहादुर भण्डारी र छत्रबहादुर गिरीलाई देउवा नेतृत्वको सरकारले दोहो¥याएर शहीद घोषणा गरेको समाचारमा उल्लेख छ ।

    देउवा सरकारले ८ महिनामा २ सय ६६ जनालाई शहीद घोषणा गरेको छ । माधव कुमार नेपाल नेतृत्वको तत्कालीन सरकारले २०६७ साल असारमा एक हजार ६ सय २६ जनालाई शहीद घोषणा गरेको थियो ।नागरिक दैनिक

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …