काठमाडौं । निरन्तरको भारतीय अवरोधले कारोबार नै चौपट बन्न थालेपछि व्यवसायीले नेपालको अदुवा बंगलादेश पठाउन थालेका छन् ।
निर्यातकर्ता नेपाली व्यवसायीको पहलमा झण्डै एक दशकपछि पहिलोपटक नेपालको अदुवा तेस्रो मुलुक पुगेको हो ।
भारतीय अवरोध छल्न बंगलादेश पठाउन लागेको अदुवाले भारतीय बजारमाभन्दा राम्रो मूल्यसमेत पाएको छ ।
व्यवसायीका अनुसार फुलबारी बंगलाबन्द मार्ग हुँदै जान थालेको अदुवाले भारतमा भन्दा प्रतिकेजी दुई रुपैयाँ बढी मूल्य पाएको हो ।
यो मार्ग भारतले नेपाललाई तेस्रो देशसँग पारवहन सुविधा निश्चित गर्न उपलब्ध गराएको मार्ग हो । (नागरिक दैनिक)