रगेली / ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाल उत्कृष्ट प्रहरी घोषित भएका छन् । मोरङ्ग प्रहरीले प्रहरी निरिक्षक दाहाल लाई वैशाख महिनाको “पुलिस अफ द मन्थ” घोषणा गरेको छ ।
करिव १० महिना अघि रंगेली आएका प्रहरी निरिक्षक दाहालले अपराध नियन्त्रण संगै पछिल्लो समय कोरोना भाइरस नियन्त्रणका लागी हेल्प डेक्स, कुवारेन्टाईन निर्माण गर्न सिमावर्ती पालीकाहरु संग महत्वपुर्ण भुमिका निभाएको र जघन्य प्रकृतिको मुद्दाको सफल अनुसन्धान गरेका छन् ।
समाजमा शान्ति सुरक्षा, लैंगिक हिंसा, राहत वितरण व्यवस्थापन, स्वयम सेवकको रुपमा" प्रहरीको साथी म " जस्ता कार्यक्रम सञ्चालन गरी प्रहरीकोे छवि उच्च बनाउने कार्य गरेको भन्दै प्रहरी निरिक्षक दाहाललाई जिल्ला प्रहरी कार्यालय मोरङ्गले उत्कृष्ट प्रहरी घोषण गरेको हो ।