• पथरी, मोरङ। १ नं प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि रु सात करोड विनियोजन गरिएको छ।

    प्रदेश कार्यालय र मन्त्रालय रहने भवनको मर्मत–सम्भारसहित अन्य कामका लागि साढे सात करोड बजेट आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्याम किशोर सिंहले बताए। प्रदेश नं १ को अस्थायी राजधानीको संरचना मर्मतका लागि राज्यले सात करोड बजेट विनियोजन गरेको हो।

    कार्यालय प्रमुख सिंहले दिएको जानकारीअनुसार विनियोजित बजेट मध्येबाट रु पाँच करोड कार्यालय मर्मत–सम्भार शीर्षकमा आएको हो। मन्त्रालयको फर्निचरका लागि रु एक करोड ५० लाख, तथा कम्पाउण्ड, पार्किङलगायत बाहिरी संरचना मर्मतका लागि रु एक करोड बजेट आएको छ। मोरङका प्रजिअ रामप्रसाद आचार्यका अनुसार आएको बजेटबाट कार्यालय मर्मतको काम शुरु गरिएको हो।

    आचार्यका अनुसार मन्त्रालय रहने भवनमा रहेका सरकारी अड्डाको व्यवस्थापनको काम पनि शुरु गरिएको छ । मुख्यमन्त्री र प्रदेशका प्रमुख सचिव रहने क्षेत्रीय कृषि कार्यालयलाई भुइँतल्लामा सारिने बताइएको छ  पहिलो र दोस्रो तल्ला प्रदेश सचिव र मुख्यमन्त्रीका लागि छुट्याइएको हो। पूर्वान्चल क्षेत्रीय पशुसेवा कार्यालय जिल्लामा सार्ने तयारी गरिएको आचार्यको भनाइ छ।

    उनका अनुसार प्रदेश प्रमुखको कार्यालय सार्नेगरी क्षेत्रीय वन निर्देशनालयको भवन खाली गरिएको हो । प्रदेशको अस्थायी मुकाम घोषणापछि क्षेत्रीय पशुसेवा कार्यालयमा प्रदेश प्रमुखको कार्यालय राखिएको थियो। तर सो भवन सानो भएपछि प्रदेश प्रमुखको कार्यालयलाई क्षेत्रीय वन निर्देशनालयमा सार्न लागिएको छ। प्रदेश प्रमुखका लागि क्षेत्रीय वन कार्यालयको दोस्रो र तेस्रो तला खाली गरिएको छ। पूर्व क्षेत्रीय वनको कार्यालय भुइँतल्लामा राखिने बताइएको छ।

    त्यस्तै, मुख्यमन्त्री रहने क्षेत्रीय कृषि निर्देशनालयको कामकाज पनि भुइँतल्लाबाट शुरु गरिएको छ। प्रजिअ आचार्यका अनुसार प्रदेश सभा बैठक बस्ने जिल्ला समन्वय समितिको कार्यालय तेस्रो तल्लामा सारिनेछ। प्रदेश सभाको पहिलो बैठक यही माघ २२ गते बस्नेछ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…