• उर्लाबारी । मोरङको उर्लाबारीमा माघ २० गते लिम्बूवान आईडल सिजन टु को फाईनल प्रतिस्पर्धा हुने भएको छ । आज उर्लाबारीमा पत्रकार भेटघाटको आयोजना गरि आयोजक युमा आर्टस र सहआयोजक होटेल रोयल हेरिटेजले कार्यक्रमबारे जानकारी गराएको हो । उर्लाबारी आईतवारेस्थित होटेल रोयल हेरिटेजमा हुने फाईनल स्पर्धामा अरुण पूर्व मेचीवारीका १४ जना सहभागीले प्रतिस्पर्धा गर्ने युमा आर्टसका अध्यक्ष तथा लोक गायक खगेन्द्र याक्सोले जानकारी दिनुभयो । आईडलका बिजेताले गीति एल्बम र म्यूजिक भिडियोमा अवसर पाउने याक्सोले बताउनुभयो ।
    कार्यक्रममा गायक तथा संगीतकार तारा लक्सम,चक्दु गोरखाली र साजन राई निर्णायक मण्डलमा रहनेछन् । गायक दीपक लिम्बूको बिषेश आथित्यता रहनेछ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…