• मलेसिया १८ माघ । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभालाई अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको ‘मिस विश्वकर्मा इन्टरनेशल २०७४’ को फाइनल मलेसियामा हुने भएको छ । लामोसयम देखी कतारमा हुने भनिएको फाइनल प्रतियोगीता अन्ततः मलेसियाका लागी तय भएको आयोजक मोनाली इन्टरनेशनलका अध्यक्ष दीपक बराईलीले जानकारी दिए । फाइनल मलेसियाको जोहोरबारु को टि जे मार्ट हल मा फेब्रुअरी १८ मा हुने बताइएको छ ।

    यो भन्दा अघि कतारमा फाइनल हुने भनिएको थियो तर जातियबेसको कार्यक्रम कतारमा गर्न नमिल्ने भन्ने कुरा आएपछि हामीले सोहि कार्यक्रम मलेसियामा गर्ने तय गरेका हौं ।बराईलीले भने । उनले यो प्रतियोगीताको उद्देश्य विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने भएकोले पनि देश बाहिर गर्नुपर्ने बताए । ‘कार्यक्रमको उद्देश्यका अनुसार नै हामीले बाहिर फाइनल कार्यक्रम गर्न लागेका हौं । नत्र नेपालमै गर्न सक्थेऊ । बराइलीले थपे ।

    फाइनल कार्यक्रमका लागी टप ८ प्रतियोगीत, कलाकार, आयोजक टिम सहित जम्मा २५ जनाको टोली मलेसिया प्रस्थान गर्दैछ । कार्यक्रमका कलाकारहरुको तर्फबाट अभिनेता राजेश हमाल, मिस नेपाल सुगरिका केसी, गायक हिमाल सागर, नायिका नम्रता सापकोटा, गायक डेबिट शंकर, सुजना ढकाल, रकेश राइ लगायत रहेका छन् । साथै मलेसियामै रहेका नेपालीकलाकाहरुको पनि प्रस्तुती रहने कार्यक्रम आयोजकले जनाएको छ ।

    मिस विश्वकर्मा इन्टरनेशनलको विजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहेको आयोजनक संस्थाका कोषाध्यक्ष रोहन लोहनीले जानकारी दिए । साथै, मोनाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने उनले बताए । सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…