दमक/ दमक ४ मा रहेको अर्किट एकेडेमीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कोभिड १९ का कारण लकडाउनमा परेर खाद्यसामाग्री अभाव भएर समस्यामा परेका बडा नम्बर ४ का गरिब, असाहाय तथा मजदुरहरुलाई राहत बितरण गरेको छ।
बिद्यालयले बिहीबार ५० घर परिवार लाई २५ के जि का दरले चामल, २ केजि दाल, १ लिटर तेल र नुन राहत वितरण गरेको एकेडेमीका अध्यक्ष कुलबहादुर बस्नेतले जानकारी दिए।
एकेडेमीकि सञ्चालिका मिरा प्रसाईको सक्रियतामा आफना बिदेशमा रहेका साथीहरू निसा सिटौला ,सीता त्रिपाठी ,अस्मिता सङ्गौला, अभिसा ज्ञवाली , कुल प्रसाद श्रेष्ठ ,र मिरा सङ्गौला को सहयोगमा साहत वितरण गरिएको सञ्चालन प्रसाईले जानकारी दिइन।
संकट को यो घडिमा आ आफ्नो ठाउँ बाट अशक्त ,असाहय र बिपन्न लाई सहयोग गर्न समेत बिद्यालयले आवहान समेत गरेको छ।