• काठमाडौँ । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले तोकेको मूल्यअनुसार पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइएको छ ।

    नयाँ दर अनुसार पेट्रोलको मूल्य प्रतिलिटिर एक सय चार रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको प्रतिलिटर ८३ रुपैयाँ कायम भएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएर ९५ पुर्‍याइएको छ ।

    अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १० डलर बढाइएको छ । भारतबाट आएको मूल्य सूचीअनुसार नयाँ दर कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्य समायोजनपछि पनि निगमको घाटा १५ दिनमा ३० करोड रुपैयाँ पुग्ने अनुमान उनले गरेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…