• दमक/ कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेको पनि दुई महिना बितिसकेको छ। लकडाउनले गरिब सर्वसाधारण प्रभावितह बनिरहेका छन।

     

    यसरी केही प्रभावित सर्वसाधारण लाई शनिवार राहत वितरण गरिएको छ। झापाको कमल गाउपालिका ५ मा सशस्त्र प्रहरीले घर भत्काएर सुकुम्बासी बनेकालाई राहत वितरण गरिएको हो। अनेरास्ववियूका केन्द्रिय सदस्य रबि बस्नेतको समन्वय र नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासंघ दमक तथा दमकका युवा व्यावसायीहरुको सहयोगमा ३० ओटा चुलोमा राहत बितरण गरिएको हो।



     

    ,बिचल्लीमा परेका सुकुम्बासीका दुई तीन घरका परिवार, सामाग्रीको अभावमा एउटै चुलोमा मिलेर खाना खाइरहेका छन । सहयोग हस्तान्तरण अघि छोटो कार्यक्रम गरिएको थियो ।नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ प्रदेश न १ का उपाध्यक्ष इस्वरी न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा बस्नेतले धेरै दाताहरूले कोरोना महामारीको यो घडीमा नेपालमा लकडाउन सुरु हुनसाथ राहत बितरण गरे पनि आफुहरुले भने भर्खर मात्र वास्तविक पिडित परिवारलाई स्थलगत अवलोकन गरि सानो सहयोग गरेको बताए ।

     

    राहत सामाग्रीमा १ बोरा चामल ,तेल, नुन, खोर्सानी ,लौका, टमाटर ,काक्रो ,बन्दाकोपी लगायत रहेको थियो । नेपाल पुस्तक तथा स्टेसनरी महासंघ दमकका अध्यक्ष राजन खड्काले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…