• मोरङको अलग अलग स्थानमा चट्याङले एक जनाको मृत्यु र आठ जना घाइते भएका छन् । सोमबार चट्याङले लागेर रतुवामाई– ५ का नेत्र श्रेष्ठको मृत्यु भएको हो ।

     

     

     

    बाख्रा सार्ने क्रममा २२ वर्षीय श्रेष्ठ चट्याङले लागेर घाइते भएका थिए । उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । धनपालथान–२ मा आफ्नै खेत बारीमा काम गरिरहेका ८ जना चट्याङ को झड्का लागेर घाइते भएका थिए ।

     

     

     

    घाइते हुनेमा धनपालथान–२ का ३८ वर्षीया प्रमिलादेवी मण्डल, १४ वर्षीया मनिषादेवी मण्डल, २५ वर्षीय जितेन मण्डल, १९ वर्षीया गिताकुमारी मण्डल, १६ वर्षीया सपनाकुमारी मण्डल, १२ वर्षीय अभिषेक मण्डल, ३८ वर्षीय शिवशंखर मण्डल र ४० वर्षीय चन्दन बहरदार रहेका छन् । घाइते सबैलाई उपचारको लागि कोशी अस्पताल विराटनगर ल्याइएको मोरङ प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …