• उर्लाबारी/ धिमाल विद्यार्थी अक्षयकाेष अभियानले दुई जना छात्रालाई छात्रवृत्ति प्रदान गरेकाे छ ।
    धिमाल परियाेजना स्थल, मंगलबारेमा अायाेजित एक कार्यक्रमका बिच छात्रवृत्ति प्रदान गरिएकाे हाे । धिमाल जातिय विकास केन्द्रका केन्द्रीय अध्यक्ष तेजबहादुर धिमालले झापा विर्तामाेड १ की प्रमिशा धिमाल र बेलबारी ४ माेरङकी अन्जली धिमाललाई छात्रवृत्ति स्वरुप नगद प्रदान गर्नु भयाे । एमबिएस अध्ययनरत प्रमिशालाई नगद १० हजार रुपैयाँ र १२ कक्षा अध्ययनरत अन्जलीलाई नगद ८ हजार रुपैयाँ प्रदान गरिएकाे अभियानका सदस्य माेहन धिमालले जानकारी दिनुभयाे । अभियानका संयाेजक केदार धिमालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा तेजबहादुर धिमाल प्रमुख अतिथि रहनु भएकाे थियाे । त्यस्तै अतिथिहरुमा धिमाल जातिय विकास केन्द्रका केन्द्रीय सचिवालय सदस्य माेहन धिमाल, केन्द्रीय सदस्य बाङगाई धिमाल, जितेन्द्र धिमाल, धिमाल युवा मन्चका अध्यक्ष श्रीप्रसाद धिमाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
    करिब ३ बर्ष अघिबाट सुरु भएकाे अक्षयकाेषमा हाल ३ लाख २१ हजार २ सय ४५ रुपैयाँ रकम संकलन भएकाे जनाईएकाे छ । संकलित रकमकाे व्याजदरबाट प्राप्त रकमबाट हरेक बर्ष छात्रवृत्ती वितरण गरिने याेजना रहेकाे अभियानका संयाेजक केदार धिमालले जानकारी दिनुभयाे ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…