• उर्लाबारी माघ २१ गते । समाचार लेखेको बिषयलाई लिएर ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी जवान राजु श्रेष्ठले उर्लाबारी पत्रकार मिलन के राउत माथि साँघतिक आक्रमण गरेका छन् । शनिवार उर्लाबारी चौकमा बसिरहेको बेला श्रेष्ठ आएर त्यो समाचार किन लेखेको भन्दै आफुमाथि अन्धधुन्ध कुटपिट गरेको पत्रकार राउत बताएका छन् । उर्लाबारीबाट प्रकाशित निगरानी दैनिकमा यौनधन्दा चलाउनेहरुसँग प्रहरी निरीक्षक थापा रकम असुल्दै भन्दै उर्लाबारीका इन्सप्याक्टर चन्द्रबहादुर थापा र प्रहरी जवान राजुको बारेमा समाचार आएको थियो ।

    समाचार अनुसार इन्सप्याक्टर थापाले घुमुवा राजुलाई परिचलान गरेर होटेल लज, तथा बिभिन्न ठाउँबाट रकम असुल्ने गरिएको आरोप छ । पत्रकार राउतले आफुले निगरानी दैनिक छोडेको १ बर्ष भईसकेको र आफुले नलेखेको समाचार बारे आएर कुटपिट गरेको बताए । पत्रकार राउत पथरीबाट प्रकाशित अनमोलमणि साप्ताहिकका सम्पादक हुन् । समाचारको बिषयमा चित्त नबुझे कानुनी उपचार खोजिनु पर्नेमा पत्रकार माथि कुटपिट भएको भन्दै उर्लाबारीस्थित सञ्चार क्लवले विज्ञप्ती जारी गर्दै प्रहरी जवान श्रेष्ठ माथि कडा कारवाहिको माग गर्दै कानुनी उपचार गर्न माग गरेको छ ।
    समाचारको विषयलाई लिएर इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाको आडमा प्रहरी जवान राजु श्रेष्ठले क्लबका सल्लाहकार मिलन के राउतमाथि दिनदहाडै नियोजित रुपमा भएको सांघातिक आक्रमणप्रति सञ्चार क्लवले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । क्लवका महासचिव नबराज भट्टराईले बिज्ञप्ती जारी गर्दै पत्रकार राउत सो सञ्चार संस्थामा आवद्ध नभएको र समाचारमा चित्त नबुझे समाधानका विभिन्न उपाय हुँदाहुँदै पनि पत्रकारमाथि भएको आक्रमण निन्दनीय र भत्र्सनायोग्य भएको जनाएका छन । जनताको जनधनको सुरक्षामा खटिएका प्रहरी कर्मचारीबाटै यस प्रकारको आक्रमण हुनु दुःखपूर्ण रहेको हुँदा यसरी आक्रमण गर्ने प्रहरी कर्मचारीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दर्छौ,बिज्ञप्तीमा भनिएको छ । राउतको ओठ तथा घाटी तथा शरिरको बिभिन्न भागमा चोट लागेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…