•  युबराज रेग्मी जेष्ठ २१, झापा / झापाको गौरादह नगरपालिका वडा न २ मा कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लि. गौरादह साखाले कोरोना भाइरस संक्रमण सन्त्रास बाट आफ्नो दैनिकि गुजारा गर्न कठिन भएका २१ बिपन्न परिवार लाई अत्यावश्यक खाध्यान सामाग्री स्वरुप राहत सामाग्री हस्तान्तरण गरेको छ ।

     

     

    राहत सामाग्री अन्तरगत प्रती परिवार २२ सय मूल्य बराबरको अत्यावश्यक खाध्यान सामाग्री उक्त बैंकले आफ्नै कार्यालय परिसरमा सामाजिक दुरि कायम गर्दै अतिब्यबस्थित ढंगले वडा कार्यालयको समन्वयमा बिपन्न बर्गलाइ स्वयं उपस्तिथि गराइ राहत हस्तान्तरण गरेको थियो । राहत सामाग्री अन्तरगत प्रती परिवार २० केजि चामल, ५ केजि आटा, २ केजि चिउरा , २ केजि दाल ,२ केजि नुन, र २ लिटर तेल उपलब्ध गराएको हो । गौरादह साखामा कार्यरत ४ जना कर्मचारीहरुबाट प्राप्त हुन आउने २ दिनको पारिश्रमिक साथै बैंक र कर्मचारी युनियनले उपलब्ध गराएको सहयोग रकम गरि जम्मा ४४ हजार १ सय मूल्य बराबरको राहत सामाग्री गौरादह नगरपालिका वडा न २ का १५ र वडा न ३ का ६ परिवार गरि जम्मा २१ परिवारलाई उक्त राहत सामाग्री गौरादह साखाले बितरण गरेको छ ।

     



     

    कोरोना बिपत्तीको कारणले आफ्नो दैनिकि गुजारामा समस्यामा परेका परिवारलाई राहत स्वरुप बैंकका आफ्ना ३७ वटा साखाहरु मार्फत ४०० सय बिपन्न परिवारलाई ८ लाख ५० हजार मूल्य बराबरको राहत सामाग्री बैंकले आफ्ना विभिन्न साखाहरु मार्फत हस्तान्तरण गरेको गौरादह साखाका साखा प्रबन्धक गजेन्द्र ढकालले जानकारी गराएका थिए । राहत सामाग्री हस्तान्तरण कार्यक्रममा उपस्थित भएका गौरादह नगरपालिका वडा न २ का वडा अध्यक्ष हेमन्त कार्कीले बैंकले सस्थागत सामाजिक उत्तरदाइत्व ( CSR) बहन गर्दै यश महामारीको प्रभाबमा रहेका बिपन्न परिवारलाई राहत सामाग्री बितरण गरिनु उदाहरणिय कार्य रहेको अबलम्बन गरेका छ्न ।

     

     



    गौरादह नगरपालिका वडा न २ का वडा अध्यक्ष हेमन्त कार्कीले बैंकले सस्थागत सामाजिक उत्तरदाइत्व ( CSR) बहन गर्दै बैंकले यश महामारीको प्रभाबमा रहेका बिपन्न परिवारलाई राहत सामाग्री बितरण गरिनु उदाहरणिय कार्य रहेको अबलम्बन गर्दै बिपत्तिमा सस्थाहरुको यस्तो कार्यले समाजमा सहयोगी भाबनाको बिकास हुने बताए ।



     

     

    साखा स्थापना कालदेखिनै बिगतमा पनि विभिन्न समयमा बैंकले आफ्नो सस्थागत सामाजिक उत्तरदाइत्व अन्तरगत गौरादह र गौरिगन्जका विभिन्न छेत्रमा बिपन्न बिध्यार्थी लक्ष्यित न्यानो कपडा बितरण तथा नि:सुल्क स्वास्थ्य सिबिर सन्चालन गरेको उक्त साखा कर्मचारी जानुका खनालले जानकारी गराइन।गौरादहमा आफ्नो साखा रहेको यश बिकास बैंकले यश छेत्रमा रहेका आफ्ना सेवाग्राहिलाइ सहज र सरल बैन्किङ सेवा प्रवाह गर्दै आएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…