• हसन्दह। कांग्रेस नेता डा.मीनेन्द्रप्रसाद रिजालले शैक्षिक बिकासका साना तिना काम लिएर अब सिंहदरबार पुग्नु नपर्ने बताउनु भएको छ । शनिवार मोरङको पथरीशनिश्चरे ५ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै नेता रिजालले यस्तो बताउनु भएको हो ।
    प्रतिनिधि सभामा सोही क्षेत्रबाट निर्वाचित नेता रिजालले नीजि विद्यालय फस्टाउँदै जाँदा सरकारी विद्यालयको स्तर खस्कदै जानु राज्यको चिन्ताको विषय भएको बताउनु भयो । सरकारी निकायको प्रत्यक्ष अनुगमनको अभावले सरकारी विद्यालय संकटमा परेको उल्लेख गर्दै अब स्थानीय निकायबाटै अनुगमन तथा नियमन हुने भएकोले सुधारको अपेक्षा गर्न सकिने बताउनु भयो ।

    सरकारी संरचनाको बिकासका लागि हरेकले राजनीति भन्दा माथि उठ्न आवश्यक रहेको औंल्याउँदै डा. रिजालले भन्नुभयो –‘सरकारी विद्यालयलाई शिक्षकले जागीर खाने र राजनीति गर्ने ठाउँका रुपमा र विद्यार्थीले अल्मलिने ठाउँका रुपमा मात्र लिनु हुँदैन ।
    कार्यक्रममा प्रदेश सभाका सभासद लीलाबल्भव अधिकारी,शेखरचन्द्र थापा लगायतका वक्ताले शुभकामना ब्यक्त गर्नु भएको थियो । स्वर्ण महोत्सव समारोहका अवसरमा विद्यालयलाई जग्गादिने जग्गादाता,विद्यालयका पूर्व प्रधानाध्यापक, सञ्चालक समितिका पूर्व अध्यक्ष र स्थानीय वृद्ध–वृद्धा र अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष गजेन्द्रबहादुर अधिकारीके सभापतित्वमा भएको थियो ।
    २०२४ साल माघ २० गते स्थापना भएको अमरसिंह माविमा हाल कक्षा १ देखि १२ सम्ममा ८ सय विद्यार्थी अध्ययन गरिरहेका छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…