-लोलिम पोमु लिम्बू
उर्लावारी नगरपालिकाले अब नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउनका लागि गृह कार्य सुरु गर्ने बेला भएको छ । विगतका वर्षहरुको समिक्षा र नयाँ कार्ययोजनासहित नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पनि बजेट ल्याउन आवश्यक देखिन्छ ।
कोरोना महामारीले धेरै कुराहरुको पाठ सिकाएकाले बजेटले स्वास्थ्य क्षेत्रलाई राम्रोसँग सम्बोधन गर्छ भन्नेमा म ढुक्क छु । उर्लावारीको बजेट कस्तो हुनुपर्छ भन्ने सवालमा सुरु गरेको यो सार्वजनिक बहसमा मेरा पनि केही विचारहरु यहाँ प्रस्तुत गरेको छु ।
नगरपालिकाले विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत निम्न कार्यक्रमहरु ल्याउन सक्छ :
-स्कूल लेभलका प्रत्येक बालबालिकाहरुलाई कम्तिमा महिनाको एक पल्ट उनीहरुको तौल मापन गरी न्यूनत पोषण तथा अधिक पोषणको पहिचान गरी कपुोषण न्यूनिकरण गर्न सकिन्छ । यसले विद्यार्थीहरुको क्षमता तथा शारीरि वृद्धिमा सघाउ पुर्याउँछ । कुपोषण लाग्नबाट बचाउँछ ।
- किशोरीकहरुमा रक्त अल्पता धेरै ने देखिने गरेको छ । यस्तो अवस्थामा नगरपालिकाले आफ्ना स्वास्थ्य संस्था मार्फत आइरन चक्की वितरण कार्यक्रमको लागू गर्न सकिन्छ ।
-महिनावारी सुरक्षा अन्तर्गत स्यानिटेरी प्याड निर्माण तालिम लागू गर्ने । यो कार्यक्रमका लागि संघीय सरकारले यस वर्ष सबै स्थानीय तहलाई स्यानिटारी प्याड वितरणका लागि बजेट पनि विनियोजन गरेको छ ।
सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तरगत गर्न सकिने कार्यहरुः
-दीर्घ रोगहरुको पहिचान गर्ने बृहत स्वास्थ्य परीक्षण कार्यक्रम लागू गरी औषगधिहरु घरसम्म पुग्ने व्यवस्था मिलाउन सकिन्छ
सुरक्षित मातृत्व सम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने । यसका लागि निम्न कार्यहरु गर्न सकिन्छः
- १ सय प्रतिशत प्रसूति स्वास्थ्य संस्थामा गराउने
-कुनै पनि गर्भवती महिलाहरुलाई गर्भ अवस्थाको समयमा कम्तिमा ४ पटक स्वास्थ्य परीक्षण गराउने किसिमका बजेट विनियोजना गर्ने
-सुत्केरीमा कम्तीमा ३ पटक स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने
-गर्भवति र सुत्केरीहरुलाई परिवारले स्याहार गर्ने वातावरण बनाउने
यस्तै लक्षित उमेर समूह, गरिब,असाहय,आपांङ, जेष्ठ नागरिकहरुलाई सहुलियत तथा निःशुल्क स्वास्थ्य उपाचार कार्यक्रममा जनप्रतिनिधहरुको सिफारिसका आधारमा गरिने गर्न सकिन्छ ।
यसका लागि मेरो प्रस्ताव 'गरिब,असाह,आपंग एवं जेष्ठ नागरिक नगर प्रमुख उपचार सेवा कोष'को गठन गर्न सकिन्छ । यसका लागि कार्यविधि तयार गरेर नगर प्रमुख,उपप्रमुख र वडा अध्यक्षाहरुलाई अधिकार प्रत्यायोजन गरेर कार्य गर्दा उपयुक्त देखिन्छ ।
(लेखक उर्लावारीस्थित अरनिकाे अस्पतालका अध्यक्ष हुन्)