• -राजेश महेश्‍वरी
    कोरोना भाइरसको कारणले लगाइएको लकडाउनको अवस्थाले गर्दा सम्पूर्ण शैक्षिक सत्र अन्धकारमय भएको छ ,विद्यालय बन्द छन् । विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । जिल्ला शिक्षा कार्यालय ले शिक्षा क्षेत्रमा गर्ने सम्पूर्ण कार्यहरु अहिले नगरपालिकाबाटै हुँदै आएको छ ।

    अहिलेको अन्योलपूर्ण स्थितिलाई सहजीकरण गर्न नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयहरूको पठनपाठनलाई सहजीकरण गर्न आफ्नो वार्षिक बजेटको केही भाग नयाँ अनलाइन शिक्षाको योजनाहरु तर्जुमा गर्न व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

     

    मोरङको उर्लाबारीमा अहिलेको अवस्थामा विद्यार्थीहरु निकै दिनदेखि पठनपाठनबाट वञ्चित रहेका छन् । संस्थागत विद्यालयहरूले आफ्ना विद्यार्थीहरुलाई घरमा worksheet को formatमा सामग्रीहरु पुर्याउँदै आएका छन् भने ठूला कक्षामा ZOOM बाट कक्षाहरु सञ्‍चालन हुँदै आएका छन् ।

     

    शिक्षामा सबैको समान पहुँच र समान अधिकार अहिले आएर digital divide ले गर्दा प्राप्त हुन सकेको छैन । त्यसैले सामुदायिक र संस्थागत विद्यालयहरु का लागि लकडाउनको अवधिभर निम्‍न कार्यहरु गर्नको लागि नगर पालिकाले केही बजेट तर्जुमा गर्न सके राम्रो हुने जस्तो मलाई लाग्दछ ।

     

    लकडाउनको असर अहिले सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई देखिएको छ । निजी विद्यालयहरुले जुम मार्फत कक्षाहरु सञ्‍चालन पनि गरेका छन् । त्यहाँ आंशिक रुपमा र कुनैमा पूर्ण रुपमा विषयगत विषयहरु अनलाइन मार्फत पढाइ हुँदै आएको छ ।
    शिक्षामा अहिले भएको डिजिटल डिभाइडलाई समान पहुँच विस्तार गर्ने दायित्व स्थानीय तहको पनि हुन्छ । उर्लावारी नगरपालिकाले यो अवस्थामा निम्‍न कार्यहरु गर्न सक्ने म ठान्दछु।

    १) सर्वप्रथम सामुदायिक विद्यालयहरूमा विद्यार्थी हरुलाई printed format मा work sheet प्रदान गर्ने । यसका लागि नगर पालिकाले समन्वय गरेर आवश्यक बजेट विनियोजन गरिदिने ।

    २) इन्टरनेटको पहुँच नभएका विद्यालयहरु लाई internet facility का लागि अनुकुल वातावरण निर्माण गरिदिने । नगरपालिकाले उद्देश्य बमोजिम विभिन्‍न क्षेत्रहरुमा फ्रि वाइफाइ जडान गरिदिएर विद्यार्थी हरुलाई यसको पहुँच दिलाइदिने । यसका लागि नगरपालिकाले काम गर्न सक्छ ।

    ३) शिक्षक/शिक्षिका हरुलाई अनलाइनबाट पठनपाठन गराउन तालिम र आवश्यक पूर्वाधार जुटाउन पहल गर्नुपर्ने देखिन्छ । यसका लागि पनि निकै राम्रो खर्च देखिने हुँदा नगरपालिकाले सोको लागि केही बजेट छुट्याए राम्रो हुने जस्तो मलाई लाग्दछ ।

    ४) विभिन्न क्षेत्रहरुको पहिचान गरेर विद्यार्थी हरूको पठनपाठनमा सहयोग पुग्‍ने गरी इन्टरनेट चलाउन मिल्ने गरी हटस्पटहरूको व्यवस्थापन गर्नसके सोके पठनपाठनमा केहि सहयोग पुर्याउन सक्ने देखिन्छ ।

    ५) सामाजिक दुरी कायम गरी तथा अन्य वैकल्पिक व्यवस्था हरूको पहिचान गरी पठनपाठनलाई पुनःसञ्चालन गर्न नगरपालिकाले अभिभावकीय भूमिका खेल्नुपर्ने देखिन्छ ।

     

    उर्लावारीको बन्द रहेको शिक्षा क्षेत्रको अवस्था सुधार गर्नका लागि नगरपालिकाले गर्न सक्‍ने कार्यहरु यस्ता छन् । शिक्षा क्षेत्रको कुरा गर्ने हो भने अन्य विविध पक्ष र आयामहरु छन् । शिक्षा क्षेत्रमा अन्य धेरै कुराहरु पनि सुधारका जरुरीहरु छन् ।

    (लेखक लालिगुरास अंग्रेजी विद्यालय उर्लाबारीका संस्थापक र नेपाल दर्शन कलेजका पूर्व प्राचार्य समेत हुनुहुन्छ ।)

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…