साइड लाइन भने हुन्छ, प्रचण्डले सुष्मा स्वराजलाई भेट्दा, उल्टै अबको राजनीतिक कोर्ष कसरी अगाडि बढ्छ भनेर सुष्मा स्वराजले सोध्दा प्रचण्ड छाँगाबाट खसेजस्तै भएको घटनाले राजनीतिमा तरङ्ग ल्याएको छ ।
यसैको प्रतिक्रिया स्वरुप प्रवक्ता पम्फा भुसालले स्वराजको नेपाल भ्रमण असामयिक भनेर टिप्पणी गरेकी छिन् ।
एक त काम चलाउ सरकार भएका बेलामा, नयाँ सरकार नबन्दै, भारतीय विदेशमन्त्रीको कूटनीतिक र राजनीतिक दुबै अर्थमा अनुपयुक्त हो भन्ने ठम्याइ माओवादीको सार्वजनिक भएको छ ।
बिहीवार आएर शुक्रवार फर्केकी भारतीय विदेशमन्त्रीको तुफानी भ्रमणलाई मओवादीका अध्यक्षले भेटे पनि पार्टीको असन्तुष्टि सार्वजनिक हुनुलाई एमालेले गालटारा भनेको छ, कांग्रेसले कुनै टिप्पणी गर्न उपयुक्त नै सम्झेन ।