•  

     

     

     

     

     

     

     

     

     

    युबराज रेग्मी
    जेष्ठ २२ , झापा /
    झापा जिल्ला गौरादह नगरपालिका वडा न २ सिक्टियामा परापुर्बकाल देखि बग्दै आएको सिक्टिया कुलो त्यहा स्थित एक बासिन्दाले एकलौटी ढङ्गले बन्द गरिदिदा सो स्थानभन्दा पश्चिम उत्तरि भुभागमा पर्ने सयौ बिगाहा जमिन डुबान हुने निस्चित छ ।

     

    गत जेस्ठ १३ गते देखि सो स्थानका एक बासिन्दा नारायण काफ्लेले परापुर्ब काल देखि रहेको सिक्टिया बाध एकलौटी ढंगबाट अबरुद्द गरेका हुन ।

     

    उनको त्यो असामाजिक कार्यले स्थानिय हरुलाइ आवतजावतमा ठूलो समस्या परेकोछ।

    बिगत केही महिना अघि देखि एकलौटि ढङ्गले सोही कुलो सामुन्ने पुर्बपट्टी रहेको जमिनमा त्यहा रहेको कज्वे लेबल भब्दा निकै उच्च पारी स्थानिय नारायण काफ्लेले माटो फिलिङ गरि जमिन पुर्दा स्थानिय हरुले उक्त भुभाग डुबान हुने भनी बिमत्ति जनाएका थिए ।

    सोही स्थानको पश्चिम् उत्तर भुभागमा वडा न २ को वडा कार्यालयको नब निर्मित भबन , ॐ सान्तीको भबन , बि. पि. स्मृती भबन लगायतका निर्माणाधिन अवस्थामा रहेका प्रतिष्ठित योजनाहरु समेत डुबानमा पर्ने देखिन्छ ।

     

    हाल आएर गत जेष्ठ १३ गते साबिक कजवे भन्दा करिब २५ मिटर उत्तर पट्टी बाट उक्त स्थानको पानी निकास गराउन निज नारायण काफ्लेले पुन: सार्बजनीक बाटो स्थानिय सरकार नगर तथा वडा लाई समेत सामान्य जानकारी नगराइ खनेको थाहा पाए पश्चात् गत जेष्ठ १४ गते पुन स्थानियहरु आक्रोसित हुँदै सोही स्थानमा भेला भएका थिए ।

     

    उक्त भेलाले अनौपचारिक रुपमा सो स्थानलाई साबिकको अवस्थामै लैजाने सोही वडाका वडा अध्यक्ष हेमन्त कार्किको रोहबरमा नारायण काफ्ले मन्जुर भएका थिए । समझदारी गरिएअनुरुप अबरुद्ध सडक हाल सम्म खुलाउने कार्य सुचारु नगरिदा आज बिहिवार पुन सोही स्थानमा वडा प्रतिनिधि सहित स्थानिय बासिहरु बिबाद समाधानका लागि उपस्थिति भएका थिए ।

     

    बिहान ९:३० बजे सम्म छलफल गरि बिबाद समाधानमा गर्ने प्रयास निज नारायण काफ्ले एकलौटी ढंग बाट प्रस्तुत हुदा समाधान निस्कन नसके पछि बिबाद समाधानका लागि आजै दिउँसो ११:०० बजे वडा कार्यालयमा छलफलको लागि सरोकार वाला पक्षलाई उपस्थित हुन वडा सदस्य बिजय कन्दङ्वाले जानकारी गराएका छ्न ।

     

    उपस्थित स्थानिय हरुले उनको यश हेपाहा प्रवृत्ति र असामाजिक कार्यप्रती खेद प्रकट गरेका थिए । समाजमा रहेर सामाजिक कार्यमा अग्रसर ब्यक्तिनै यस्तो असामाजिक र बिकृत चरित्रको रुपमा प्रस्तुत हुदा समाज उभो लाग्ननसक्ने स्थानियहरु बताउछ्न ।

     

    आक्रोसित स्थानिय हरुले तत्काल उक्त अबरुद्ध कजबे लाई साबिक अवस्थामा खुलाउन माग गर्दै यस्ता निन्दनिय कार्य प्रती वडा तथा नगरको ध्यान आकृष्ट हुनु पर्ने जिकिर समेत गरेका छ्न । यसै गरि बिबाद समाधानका निमित्त वडा कार्यालयमा आज दिउँसो बसेको छलफल पनि निस्कर्स बिहिन रुपमा टुङिएकोछ । निकासका निमित्त साबिक भब्दा केही उत्तर तर्फ कलभर्ट निर्माण गरिने प्रस्ताब उपर प्रस्ताबित स्थानको पश्चिम तर्फका जमिन भएका कृश्न बुढाथोकीले आफ्नो जमिन अगाडि कलभर्ट निर्माण गर्न असहमत जनाएपछि छ्लफल निस्कर्स बिहिन रुपमा अन्त्य भएको थियो । आफुहरुलाइ बेवास्था गरि वडाले उक्त स्थानमा एकलौटी ढंगबाट कलभर्ट निर्माण गरिए आफुहरु कानुनी उपचारका निमित्त अगाडि बड्न बाध्यहुने पिडित पक्षको आसय रहेको पाइन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…