उर्लाबारी २२ जेठ/
विजय धिमाल
मोरङको उर्लाबारी नगरपालिका मंगलबारे स्थित जेठ २१ ग्ते जातीय छुवाछुत तथा भेदभाव उन्मुलन दिवसको अवसरमा जाजरकोट, रुकुममा मारीएका ६ जनालाई दिप प्रज्वलन गरी श्रद्धाञ्जली तथा बिरोध कार्यक्रम गरिएको छ ।
कार्यक्रम दलित संघर्ष समिति उर्लाबारी मोरङ को आयोजनामा भएको हो । दलित वा गैर दलित हरु हातमा कालो पट्टी बाँधि पूर्वपश्चिम मुख्य मार्गमा लाम्बद्ध रहेको थियो । करीब एक किलोमीटर लम्बाईमा मान्छेको लाम्बद्ध सबैको हातमा जाजरकोट, रुकुम हत्याकाण्ड र दिवससंग सम्बन्धित प्लेकार्ड रहेको थियो ।
कार्यक्रममा स्थानिय लगायत अन्य क्षेत्रबाट साथै सामाजीक कार्यकर्ता, राजनैतिक दलका प्रतिनिधि, प्रत्येक वडाका दलित वडा सदस्य र गैर दलतिहरु को उपस्थिति रहेको थियो । कार्यक्रमको मन्तव्यको क्रममा “यो दिवस हर्ष उल्लासका साथ मनाई रहनु पर्ने समयमा आँखामा आँसु र मनमा पिँडासंगै यो भयावह अवस्थामा एकातिर दिवस र अर्कोतिर बिरोध कार्यक्रम गर्नु परेकोमा राष्ट्रिय दलित पत्रकार संघ मोरङका सचिब तिलक नेपालीले दुःख व्यक्त गरेका थिए ।
थप्दै उनले भने त्यो संविधान मा दलित भनि जुन संज्ञा वा अर्थ लगाइदै आएको छ त्यो चाँडो भन्दा चाँडो सच्याइनुपर्ने सरकारलाई कडा रुपमा माग गरेका छन्। त्यस्तै अन्य बक्ता भन्छन् यतिका वर्ष सम्म कानुन विधेयक बनि सक्दा सम्म पनि कार्यान्वयन गर्न किन हिच्कीचिएको सरकार ? यसरी प्रश्न गर्दै यो २१ औँ शताब्दि सम्म कदापि नचल्ने बतनएका छन् ।
यसमा दलित मात्र होइन आम जनताले भोग्दै आएका छौ र अब हामी चुप्प बसेर हुदैन यसका विरुद्ध आम जनता जागरुक हुनुपर्ने सामाजिक अभियन्ता रुद्र तामाङको भनाई रहेको थियो । यसै सन्दर्भमा दुःख व्यक्त गर्दै हिजोको त्यो समयलाई हैन आजको यो समयमा चल्नुपर्छ भन्दै मृतक र मृतकका परिवारलाई कसरी सम्मान गर्ने ? सम्बन्धित निकायलाई प्रश्न गर्दै चाडै आफ्नो वडा नम्बर ३ लाई भेदभाभ रहित छुवाछुत मुक्त वडा घोषणा गर्ने ३ न.वडा अध्यक्ष गंजबहादुर कार्कीले बताएका छन् ।
यस्तै क्रममा कार्यपालिका सदस्य सन्तकुमारी बिक, वडा सदस्य सम्झना महत, सोमप्रसाद तिम्सीना, र भिष्म बुढाथोकीले मृतक र मृतकको परिवारलाई कुन सम्मको न्याय हुन्छ, दोषि उपर कडा सजाय र घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताइएको छ।