इटहरा २४ जेठ/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) रतुवामाई नगरकमिटीले मिर्गौला पिडितलाई सहयोग गरेको छ ।
रतुवामाइ १० सातमेडीकी ४० वर्षीय नरमाया मगरको २ वटै मिर्गौला काम नलाग्ने भएपछी उपचारका लागि सहयोग स्वरुप अनेरास्ववियू रतुवामाइ नगर कमिटीले आर्थिक सहयोग गरेको विद्यार्थी नेता कुमार नेपालीले बताएका छन् ।
अनेरास्ववियूले विद्यार्थीहरु बिच आर्थिक संकलन गरेर पीडितलाई उपचारमा केही राहत होस भनि रकम हस्तान्तरण गरेको पनि नेता नेपालीले बताए ।
सन्तान बिहिन नरमायाका ४९ बर्षिय श्रीमान पनि दीर्घकालीन मुटु सम्बन्धि रोगी छन् । उनी केही काम गर्न सक्दैनन् । आर्थिक स्थिती निकै कमजोर भएका कारण अखिल का विद्यार्थीहरुले रकम संकलन गरी पिडीत परिवारलाई बुझाएको अर्का विद्यार्थी नेता सुजन बिष्टले जानकारी दिएका छन् ।
बिराटनगर स्थित नोबेल हस्पिटलमा उपचाररत नरमायालाई अनेरास्ववियूले पाँच हजार सहयोग गरेको हो । विद्यार्थीहरुले नरमायाको उपचारका लागि आर्थिक सहयोग को अपिलसमेत गरेका छन् ।