• काठमाडौं । किरात राई विद्यार्थी संघको भित्रुवान विश्वविद्यालय किर्तिपुरमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग भ्रमणको बेला गरेको कोशी उच्च बाँध बनाउने सम्झौता बारे विरोध भएको छ । संघको वित्रि इलाका कार्यसमितिको बुधबार भएको १२ औ सम्मेलन तथा सुम्निमा पारुहाङ पत्रिका सार्वजनिक कार्यक्रममा वक्ताहरुले कोशी उच्च बाँध सम्झौताको विरोध गरेको हो । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय महासचिव जीवन हाताचो, किरात राई विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष जीतेन राई, निवर्तमान केन्द्रीय अध्यक्ष अर्जुन राई, महासचिव डेकिन्द्रकुमार राई, पूर्व संगठन विभाग प्रमुख सञ्जय राई, प्रा.डा.नोवलकिशोर राई, डा.जनक राई, डा.तारामणी राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरु मध्ये संघका पूर्व नेताहरुले कोशी उच्च बाँध निर्माण गर्ने सम्झौता राष्ट्रघाति भएको उल्लेख गर्दै तत्काल खारेजी गर्नुपर्ने धारणा राखे । संघका निबर्तमान अध्यक्ष अर्जुन राईले २६९ मिटर अग्लो बाँध बनाउदा पूर्वी नेपालको साविक ८३ वटा साविस डुब्ने तथ्याङ्क आएकाले बाँध नेपालको लागि हानिकारक हुने बताए । भारतीय पक्षले पर्यप्त विजुली तथा सिंचाइ उपभोग गर्न पाइने देखाउदै आएपनि बाँध बनाउदा पर्ने डुवान, विस्तापित स्थानीयबासी, अरबौंको रुख विरुवा, जंगली जनावर विनासहुने राईको तर्क थियो । बाँध भत्किएमा पूर्वी मधेस पूर्ण रुपमा डुब्ने भएकोले सम्झौता खारेजी नभए किरातीहरुले बन्न नदिने चेतावनी दिए । प्रधानमन्त्री देउवाले भदौ १ देखिको ५ दिने भ्रमणको बेला भारत सरकारसँग कोशी उच्च बाँध निर्माण गर्ने सम्झौता गरेका थिए । सम्मेलनले अनुसा राईको अध्यक्षतामा १३ सदस्यीय संघको इलाका समिति गठन भएको अनन्त राईले बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …