प्रचण्डले आफ्नो अस्तित्व बचाउनका लागि ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै मान्न तैयार हुन भनेको उनको पार्टीभित्रको पद, शक्तिको उचित बाँडफाँड हुनुपर्छ भन्ने लाइन क्रस गरेको छ ।
राजनीतिभित्रको राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारीले लन्च ख्वाएर एकीकरणको अप्ठेरोमा ब्रेक दिएकी हुन् ।
यद्यपि पेरिस डाँडामा वीन वीनको स्थिति होइन, हामी एमालेको टाङमुनी छिर्ने ? भनेर प्रश्न उठिरहेको बेलामा प्रचण्डको अभिव्यक्तिले एमालेलाई समेत धर्मसंकटमा पारेको छ । माओवादीभित्र त उत्पात नै मच्चिएको छ ।