• पथरी माघ २२ गते ।
    मोरङको पथरीशनिश्चरेमा स्थापित उद्योग वाणिज्य संघ पथरीको चुनावी साधारणभासमा अध्यक्ष पदका लागि दीपक बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार पथरीशनिश्चरे–१ मा पत्रकार सम्मेलनको आयोजना गरी हार्डवेयर व्यवसायी बस्नेतले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।


    पत्रकार सम्मलेनमा पथरीशनिश्चरे क्षेत्रको व्यापारीहरुको हकहितको लागि आफू निरन्तर लागिपर्ने र भावी दिनमा व्यापार संघले गर्ने कार्यहरु प्रति दृढताका साथ काम गर्ने बस्नेतले प्रतिवद्धता जाहेर गरे । पथरी उद्योग वाणिज्य संघमा रही बस्नेतले दुई कार्यकाल सदस्य पदमा रही व्यापारीको हितका लागि आफ्नो कार्य देखाइसकेको बताए । उद्योग वाणिज्य संघ पथरीको चुनावी साधारणसभा यही माघ २८ र २९ गते हुदैछ । यसअघि पूर्व अध्यक्ष धनकुमार तामाङले पनि आफु पुनः अध्यक्ष पदमा उठ्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराईसकेका छन् । चुनाबमा बस्नेत र तामाङको अध्यक्ष पदमा कडा स्पर्धा हुने देखिएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…