• पथरी(मोरङ)माघ २२ गते । मोरङको पथरीशनिश्चरे उद्योग वाणिज्य संघको नयाँ न अध्यक्षमा वर्तमान अध्यक्ष धनकुमार तामाङले पुन उम्मेद्वारी घोषणा गरेका छन् ।
    तीन वर्ष अघि एमालेका आधिकारिक उम्मेद्वारलाई फराकिलो मतान्तरले पराजित गरी मध्य मोरङका ब्यापारी तथा उद्योगीका नेता बनेका तामाङले पत्रकार सम्मेलन गर्दै पुन स्वतन्त्र उम्मेद्वारको रुपमा उम्मेद्वारी घोषणा गरेको बताए । आइतबार उम्मेद्वारी घोषणा गरेका तामाङले तीन वर्षे कार्यकालमा सम्पन्न गर्न नसकेका अधुरा काम सम्पन्न गर्न पुन उम्मेद्वारी घोषणा गरेको उल्लेख गरे । उनले भने –‘स्रोत साधनको अभावमा धेरै काम गर्न बाँकी छ , ती काम सम्पन्न गर्न आम ब्यापारी साथीहरूले पुन एक पटक नेतृत्व लिन अनुरोध गरेपछि पुन उम्मेद्वारी घोषणा गरेको हुँ । पथरी बजारसँगै रहेको भूटानी शरणार्थी शिविरबाट शरणार्थीहरू तेस्रो देशमा पुनस्र्थापित भएपछि पथरी बजारको ब्यापार घटेकोमा चिन्ता प्रकट गर्दै हिजो पथरीमा ‘सटर’भाडामा पाउन मुस्किल थियो ।

    आज प्रसस्त ‘सटर’ खाली रहेको पाइन्छ । उनले पथरीको ब्यापारिक साख जोगाउन नयाँ ब्यापार नीति आवश्यक रहेको भन्दै पथरीमा ब्यापार र उद्योग विस्तार गर्ने वातावरण तयार गर्न सुरक्षाको प्रत्याभुति गर्ने ग्यारेन्टी गरे । ३३ वर्ष अघि स्थापित ब्यापार प्रबन्ध समितिको आफ्नो नीजि भवन नभएको भन्दै रुपान्तरित पथरी उद्योग वाणिज्य संघको कार्यालय आगामी तीन वर्ष भित्र बनाइ सक्ने तामाङले दाबी गरे ।
    मोरङ बस यातायात संघ, पथरी स्पार्टिङ क्लव, बिशाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायतका संस्थाको अध्यक्षीय जिम्मेबारी बहन गरिरहेका तामाङ ब्यापारी लोकप्रिय छसव बनाउन सफल भएका छन् ।
    नगरमा सौर्य वत्ती जडान सीसी क्यामरा जडानमा समेत उनले सहयोगी हात जुटाएका छन् । समाजमा सामाजिक काम कै कारण चर्चामा आइरहने तामाङले तीव्र रोगबाट पीडितहरूका लागि उपचार खर्च जुटाउन पनि सहयोग गर्दै आएका छन् ।
    अर्का प्रत्यासी दीपक बस्नेतले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उम्मेद्वारी घोषणा गरे । बस्नेतले पनि भवन निर्माण र उद्योगी ब्यापारीको हक हीतका लागि काम गर्ने बताए । बस्नेतले भने –हरेक निर्वाचनमा एउटै चुनाव जित्न भवन निर्माणको एजेण्डा आउने गरेको छ । उनले आफूले जिते भब्य भवन निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
    पथरी उद्योग वाणिज्य संघमा ७ सय ४४ सदस्य रहेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…