उर्लाबारी २६ जेठ
विजय धिमाल
मोरङको कानेपोखरी स्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहमा आन्तरिक बिवादका कारण करिब एक करोडको बराबरको काठ कुहिने अवस्थामा छ ।
लामो समयको बिवादका उपभोक्ताहरुले पाउनुपर्ने सुविधाहरु नपाइरहेको समूहका अध्यक्ष नवीन राईले पत्रकार सम्मेलनमा जानकारी गराएको हो । डिभिजन वन कार्यालय मोरङमा ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह क्षेत्र नम्बर ३ का संयोजक शेरवहादुर लिम्बुले उजुरी गरेपछि अनुसन्धान सुरु भएको छ । उजुरीको पछि तीन वर्ष अघिदेखि उपभोक्तालाई काठ वितरण गर्न पाइरहेको छैन । २०७६ असोज १० गते भएको १९ औं साधारणसभाबाट निर्वाचित नयाँ समितिले जम्मागरी राखिएको काठ कुहिन लाग्दा उपभोक्तालाई वितरण गर्नकालागि प्रक्रिया मिलाउने क्रममा छ । डिभिजन वन कार्यालय मोरङमा क्षेत्र नम्बर ३ का संयोजक लिम्बुले झण्डै २१ लाख रुपैयाँको ‘फर्जी बिल’ मिलाउन लागेको भन्दै गलत सूचनाको आधारमा उजुरी परेको हुदा मूल समितिले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । गत साधारणसभाबाट पुनः अध्यक्षमा चुनाव लडेरै निर्वाचित भएका हुन् । ग्रामीण सुधारमा मूलको मातहतमा तीन वटा क्षेत्रीय समिति र ८ वटा वडा समिति रहेको छ ।
मूल समितिको १९ औं साधारणसभा दुई पटक साधारणसभा र तीन वटा क्षेत्रीय समितिको समेत चुनाव गराउनु परेको अध्यक्ष राईले बताए । दुबै समितिको चुनाब भएको साधारण सभा, सभा अघि र पछि वनमा काम गर्ने मजदुरको रकम र वनको काम गर्दा समिति तथा उपभोक्ताहरुले खाएको खाना, नास्ताको झण्डै २१ लाख ऋण रहेको लेखा समिति संयोजक बिजयगोपाल गड्तौलाले जमनकारी दिए । पुरानो समितिको सबै विल, भर्पाइ हेरेर सो रकम तिर्नुपर्ने दायित्वमा राखिएको संयोजक गड्तौलाले जानकारी दिए । उक्त हिसाबको फर्जी बिल भन्दै उजुरी परेपछि उपभोक्ताहरुले हाल काठ नपाउने उनले बताए । डिभिजन वन कार्यालय मोरङको आदेशमा सब डिभिजन वन कार्यालय कानेपोखरीले पठाएको पत्रको जवाफ दिइ सकेको छ ।
पुरानो समितिले बुझाएको सम्पूर्ण हिसाबको बिल भर्पाइ हेरेर समितिले निर्णय गरिको सचिव शान्ता माझीले बताइन् । समितिमा आएको कुन बिल वा भर्पाइमा शंका भएको हो हेरौं र त्यो बिल कहाँबाट आएको हो छलफल गरौं भन्दा ३ नम्बर क्षेत्रीय अध्यक्ष शेरबहादुर लिम्बुको उजुरीको कारण आम उपभोक्तालाई असर परेको छ । विज्ञप्तिमा अध्यक्ष नवीन राई, सचिव शान्ता माझी, कोषाध्यक्ष देबेन्द्र थापा, लेखा समिति संयोजक बिजयगोपाल गड्तौला, १ नम्बर क्षेत्रीय समिति संयोजक केदार राई, २ को दीपक लिम्बु, ३ नम्बर क्षेत्रको सहसंयोजक जितबहादुर राईको हस्ताक्षर रहेको छ ।