पुष्कर खड्का
रामेछाप - रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर २ सैपु निवास समाजसेवी केसर बहादुर पौडेलले ४ सय व्यक्ती परिवारहरुलाइ खाद्यान्न वितरण गर्नु भएको छ।
विश्वयापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको परिस्थितिमा समस्यामा परेका रामेछाप जिल्लाको लिखुतामाकोसी गाउपालिका भित्र र जिल्लाका विभिन्न गाउपालिका र नगरपालिका भित्र रहेका रामेछाप स्थाइ र काठमाण्डौं अस्थायी श्रमिक तथा मजदुर र केहि बेरोजगार निम्न अबस्था भएका ब्यक्तीहरुलाइ लगभग ६,५०,०००/- बराबरको खाद्यान्न ४०० जनाको लागि पौडेलले वितरण गर्नु भएको हो ।
यो स्वयम आफू र नेपाल मगर संघ जिल्ला समन्वय समिती रामेछापका अध्यक्ष एवम् गायक सिवराम मगर’सिवसागर’ र भृङ्गेसोर सेवा समाजका बरिस्ठ उपाध्यक्ष विजय राना मगरको सहभागितामा वितरण गर्नुभएको पौडेलले जानकारी दिनु भयो ।