इलाम । देश संघियतामा गएरपनि सातै प्रदेशको पहिलो सभा समेत धमाधम बसिरहेको छ ।
संघियतामा मुलुक प्रवेश गर्नासाथ जनताको आधारभूत आवश्यकता तु का तु समाधान हुने विश्वास नेताहले दिलाएका थिए ।
सोझा जनताले पनि आफ्ना भाग्य निमार्ता यीनै नेताहरु हुन सक्ने विश्वासका साथ उनीहरुले भने अनुसारको चुनाव चिन्हमा मतदान गरेर प्रतिनिधी निर्वाचित गराउँदै आएका छन् ।
यता भने मुलुक संघियतामा प्रवेश गरेको आधा दर्जन भन्दा बढी वर्ष बितिसक्दा पनि सर्बसाधारणको मूलभूत आवश्यकता पुराहुने परै जाओस्, गाउँका ससाना नानीहरु स्कुल जान पाएका छैनन् । स्कुल नजानु यी नानीहरुको रहर होइन, बाध्यता हो ।
यस्तै ज्वलन्त उदाहरण यो तस्बिरले प्रस्तुत गरेको छ । तस्बिरमा प्रस्तुत बालक इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पाका का हुन् । यी बालक विद्यालय जाने उमेरमा आज आइतबार खेत जोतिरहेका छन् ।
तस्वीर: गोविन्द लामिछाने, इलाम