पुष्कर खड्का
काठमाडौँ- भक्तपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला लिसंखु गाउँपालिका–३ घर भई चाँगुनारायण नगरपालिका–४ बस्ने ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।
सुत्केरीरी महिलाको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार सुत्केरी भएपछि उनको मृत्यु भएको र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।
प्रहरीका अनुसार कोरोना परीक्षणका लागि स्वाब संकलन गरी टेकु अस्पताल पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधानले जानकारी दिनु भयो ।
महिलाको शव भक्तपुर अस्पतालमै रहेको र स्वाब परीक्षण रिपोर्टको प्रतिक्षामा रहेको एसपी प्रधानले बताउनु भयो ।