• २३ माघ, काठमाडौं ।  प्रदेश मुख्यमन्त्री र सभामुख बन्नका लागि एमाले र माओवादी केन्द्रभित्र आन्तरिक दौडधुप तीव्र भएको छ । तर केन्द्रीय नेतृत्व भने सर्वसम्मत गराउने प्रयासमा जुटेको छ ।

    फागुन पहिलो साताभित्र प्रादेशिक सरकार र प्रदेशसभा सभामुख चयन गरिसक्नुपर्ने प्रावधानका कारण दौडधुप तीव्र बनेको समाचार छ ।

    एमाले र माओवादी केन्द्रका आकांक्षीहरु पार्टीभित्रका प्रादेशिक कमिटी, संसदीय दल मात्र नभई केन्द्रीय नेताहरुलाई समेत आफ्नो पक्षमा पार्न भेटघाट गरिरहेका छन् । भेट्न आउने नेताहरुलाई दुवै दलका केन्द्रीय नेतृत्वले पहिलो अध्यास भएकाले सकेसम्म चुनावभन्दा सर्वसम्मति गर्न सुभवा दिइरहेका छन् ।

    समाचार अनुसार दुई दलबीच पार्टी एकताको प्रयास भइरहेकै बेलामा एउटै पार्टीभित्रका पदमा नेताहरुबीच प्रतिष्पर्धा गर्दा राम्रो सन्देश नजाने भन्दै सकेसम्म मिलेर जानुपर्ने उनीहरुको सुझाव छ । (कान्तिपुर  दैनिक)

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …