मंगलबारेका सक्रिय युवा रोहित कार्कीले मंगलबारे अस्पतालको स्तरोन्नती गर्ने कुरा स्वागतयोग्य भएपनि अस्पतालको पहिचान गुम्ने गरी नाम परिवर्तन गर्न खोज्नु दुखद भएको बताएका छन् । मंगलबारे पेजसँग कुरा गर्दै उनले मंगलबारे अस्पताल मंगलबारेवासीको पहिचान भएकाले यसको नामकारण गर्दा स्थानीयवासीको भावनामा ठेस पुगेको बताए ।
उनले अस्पताल नामाकरणको विषयमा कुनै व्यक्ति वा पार्टीले उक्साहट गरेकै भरमा युवाहरुले विरोध नगरेको पनि बताए । यो यहाँको स्थानीय पहिचानसँग कुरा जोडिएकाले युवाहरु स्वतःस्फूर्त रुपमा आएर विरोध गरेको बताए ।
उनले भने,'म कुनै पार्टीमा आबद्ध भएपनि मलाई कसैले उक्साएको हैन । मंगलबारे भन्दा हामी सबैको विषय हो । म यहाँको स्थानीय हुँ । अन्य पार्टीका साथीहरुले पनि विरोध गर्नुभएको छ । यहाँ हामीले पार्टीलाई जोड्न खोजेको छैन । '
उनले जबजब मंगलबारेलाई सधैं पछि पारिएको बताए । उनले मंगलबारे क्षेत्रहरुमा धेरै सीमसारहरु रहेपनि राम्रोसँग स्तरोन्नती नभएको बताए । मंगलबारे अस्पताल आम मंगलबारेवासीको पहिचान भएकाले भोलि जुनसुकै व्यक्तिहरु अस्पतालमा आएर बसेपनि त्यो आफूहरुलाई सरोकार नरहेन समेत उनले बताए ।
मंगलबारे अस्पतालमा धेरैको योगदान रहेको तर एकाएक स्थानीयवासी,अस्पताल समितिलाई नभनी प्रदेश सरकारले एकलौटी ढंगले नाम परिवर्तन गरेर विकास गर्ने निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण रहेको उनले प्रष्ट्याए । अस्पताल निर्माणमा सबै पार्टीका स्थानीय नेताहरुको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।
ट्रमा सेन्टरको रुपमा स्तरोन्नती र विकास गर्नुपर्छ भन्ने कुरा स्वागत योग्य रहेपनि नाम र पहिचानको विषयमा मात्रै मंगलबारेवासीको विरोध रहेको उनले बताए ।
उनले भने,' प्रदेश सरकारको काम राम्रो हो । सरकारको विरुद्ध लाग्ने कुरा हैन । यो हाम्रो पहिचान हो । नाम मेट्नु भएन भन्ने धारणा हो । संघीयता आइकन ५० शय्या बनाउने कुरा स्वागत योग्य छ । तर पहिचान मेटिनुभएन । '