• २३ माघ, काठमाडौं । दरबारमार्गमा भएको सामूहिक बलात्कार घटनालाई मिलापत्र गराई गुपचुप राख्न मुख्य भूमिका निर्वाह गरेका प्रहरी निरीक्षक लक्ष्मण ठकुरीको निलम्बन सिफारिस गृह मन्त्रालयले सदर गरेको छ । मिलापत्र गराउन संलग्न भएको भन्दै मुद्दा शाखाका सई चन्द्र भण्डारीलाई भने यसअघि नै निलम्बन गरिसकिएको छ ।

    घटना सार्वजनिक भएलगत्तै प्रहरी परिसर काठमाडौंले निलम्बनका लागि महानगरीय प्रहरी प्रभागलाई सिफारिस गरेको थियो । प्रभागले निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो ।

    १८ माघमा प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । तर पत्र पुगेको पाँच दिन बितिसक्दा पनि गृहले निलम्बनको सिफारिस कार्यान्वयन नगरेपछि प्रहरी प्रधान कार्यालयले यसबारे बुझबुझारथ थालेको थियो ।

    प्रहरी प्रवक्ता मनोज न्यौपानेले सोमबार गृह मन्त्रालयले निलम्बनको सिफारिस सदर गरेको बताए । निलम्बनसँगै इन्स्पेक्टर ठकुरी अब जिम्मेवारीविहीन भएको उनले बताए ।

    ‘घटनाको अनुसन्धान नटुंगिएसम्म इन्स्पेक्टर ठकुरी जिम्मवारीविहीन हुनेछन्,’ प्रवक्ता न्यौपानेले भने, ‘अनुसन्धानको निष्कर्ष आएपछि मात्रै उनीमाथि थप कारबाहीको प्रक्रिया सुरु हुन्छ । (कान्तिपुर दैनिक)

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …