• महेश धिमाल - रौतहट । चन्द्रपुर-८ सन्तपुरका स्थानीयले नयाँ घर पाएका छन् । कलाकार जोडी धुर्मुस–सुन्तलीको पहलमा बनेका घरहरू मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत स्थानीयलाई हस्तान्तरण गरिएको हो ।

    वागमती नहर छेउमा झुपडीमा बस्दै आएका र बर्षेनी बाढीको चपेटमा परेका स्थानीयले आधुनिक सुबिधा सहितका नयाँ घर पाउँदा निकै खुसीयाली छाएको थियो ।

    भिडियोः



    धुर्मुस-सुन्तली फाउन्डेशनले झण्डै ६ करोड लागतमा वस्ती निर्माण गरेको हो । नमूना बस्तीको साँचो राष्ट्रपतिले सन्तपुर वस्ती व्यवस्थापन समितिका अध्यक्ष जयनारायण यादवलाई हस्तान्तरण गरेकी हुन् । फाउन्डेशनका अध्यक्ष धुर्मुस र सुन्तली वस्ती हस्तान्तरण समारोहका अध्यक्ष थिए भने कार्यक्रममा मह जोडी (मदनकृष्ण र हरिवंश) सिहत कलाकारको उपिस्थिति थियो ।

    लोहार, चमार, मुसहर, दुसाद, थारु जातिको बसोबास रहेको वगमती नहर छेउका ४७ परिवारको बसाइ स्थानान्तरण भएको छ । ४७ वटा पक्की घर, एक सामुदायिक भवन, एउटा बाल विद्यालय, बस्ती प्रवेशद्वारमै रहेको अग्लो भ्यु टावर, खेल्ने रामाउने उद्यान र एक क्लब भवन पिन वस्तीमा समावेस छन् ।

    बाजागाजा सिहत उल्लासका साथ स्थानीय वस्ती हस्तान्तरण समारोहमा सहभागी थिए ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…